हराएको मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण

199
VIEWS

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल हराएको तिन दिनमा प्रहरीले सवारीसाधन खोजेर सवारी धनीलाई बुझाएको छ । भीमदत्त नगरपालिका ४ मा रहेको कभर्ड हलको हाताबाट मोटरसाइकल चोरी भएको थियो । भीमदत्त नगरपालिका.– १० तिल्केनीका दीर्घ राज जोशीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर माघ ८ गते मोटरसाइकल चोरी भएको भनेर मौखिक जानकारी गराएका थिए ।

कभर्ड हलको हाता क्षेत्र भित्रबाट पार्किङमा राखेको सु.प.प्र.०२००३ प ७५८० नं. को मोटरसाइकल चोरी भएको जानकारी पश्चात खोज तलासी गर्दा आज वेदकोट नगरपालिका– ९ लालपुर स्थित विद्युत सब स्टेसन नजिक बेवारिसे अवस्थामा फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।

आफुहरूलाई जानकारी आएपछि तुरुन्तै उक्त मोटरसाइकल खोजीका लागी सबै मातहतमा जानकारी गराए पछि आज उक्त मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको उनले बताए ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार