ब्लड क्यान्सर भएका बेलडाँडीका १४ वर्षिय बालकलाई उपचारका लागि आर्थिक अभाव, परिवारले गर्‍यो सहयोगको अपिल

434
VIEWS

 

बेलडाँडी । बेलडाँडी गाउँपालिका-२ (गाैंडी) निवासी १४ वर्षिय बालक सम्राट थापालाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।

 

केहिदिन अघि सामान्य बिरामी भएका थापालाई महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं अस्पतालमा उपचार गरिएको थियो। उपचारका क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो। अस्पतालका चिकित्सकले उनलाई क्यान्सर भएको प्रमाणित गरेका छन्।

अस्पतालले सम्राटलाई ब्लड क्यान्सर भएको बताएपछि बुवा समेत नभएका थापाको परिवारमा ठूलो बज्रपात परेको छ भने उनकी आमा एकल महिला लीला थापालाई अर्को तनाव थपिएको छ।

आर्थिक अवस्था एकदमै नाजुक भएका थापा परिवारलाई छोराको उपचार कसरी गर्ने भन्ने पिर थपिएको छ।

‘मामाको सहायतामा काठमाडौं पुगाएका थापालाई थप उपचारका लागि समस्या भएको छ । माईतीले उपचारका लागि डेढ लाख जति सहयोग गरेका थिए त्यो पैसा पनि सकिसक्यो, छोराको उपचार कसरी गर्ने?’ क्यान्सर पीडितकी आमा लीला थापाले भनिन्।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र अस्पतालले उपचारमा ठूलो रकम लाग्ने बताएपछि थापा परिवारले सहयोगको अपिल गरेका छन् ।

१४ वर्षिय क्यान्सर पिडित सम्राटका बुवाको समेत विरामीका कारण ३८/४० बर्षकै उमेरमा निधन भएको थियो। युवा उमेरमै श्रीमान गुमाएकी लीलालाई छोरालाई ब्लड क्यान्सर भएपछि थप पिडा परेको छ । क्यान्सर पीडित बालककी आमाले छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी छन्।

उनले आफ्नो छोराको जीवन बचाइदिन बेलडाँडी गाउँपालिकामा रहेको एनएमवि बैंकको लीला थापा नामको खाता नं 1180181443200012 मा सक्दो रकम सहयोग गरिदिन आग्रह गर्नु भयो ।

त्यसरी प्राप्त सहयोगले आफ्नो छोराको ज्यान बचाउन सहयोग पुग्ने बताइन्। उनलाई 981-0729170 मा सम्पर्क गरेर समेत सहयोग गर्न सकिने छ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार