ब्लड क्यान्सर पिडित १४ वर्षिय बालक बचाऊ अभियानमा जुटे स्थानीय

बेलडाँडी । बेलडाँडी गाउँपालिका–२ (गौंडी) निवासी १४ वर्षिया बालक सम्राट थापालाई ब्लड क्यान्सर भएपछि आर्थिक अभावले उपचारमा समस्या देखिन थालेकाले स्थानीयहरु आर्थिक संकलनमा जुटेका छन् ।

केहिदिन अघि सामान्य बिरामी भएका थापालाई महेन्द्रनगर, धनगढी हुँदै काठमाडौं अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । काठमाडौं अस्पतालका चिकित्सकले उनलाई क्यान्सर भएको प्रमाणित गरेपछि उनलाई उनका मामाले उपचारका लागि चितवन क्यान्सर अस्पताल पुर्याए। सानै उमेरमा बुवा गुमाएका बालकलाई ब्लड क्यान्सर देखिएपछि उनकी आमा एकल महिला लीला थापाको परिवारमा अर्को ठुलो बज्रपात परेको छ । ३०/३२ बर्षकै उमेरमा श्रीमान गुमाएकी लीलाले छोरोलाई बचाइदिन सबैमा अपिल गरेका छिन् ।

 

मजदुरी गरेर जिविका चलाउने थापा परिवारमा खान लागाउन समेत निकै समस्या परेका बेला सहारा दिने छोरामा यस्तो समस्या देखिदा ठुलो संकट आइलागेको छ । थापा परिवारको समस्या आफ्नो समस्या सम्झिने गाउँले साथीभाई आफन्तहरु बालकको उपचारका लागि आर्थिक संकलनमा जुटेका छन् । आर्थिक संकटले उनलाई निकै पिरोलेको छ । उपचार गर्न ३०/४० लाख भन्दा बढी लाग्ने देखिएकाले थापा परिवार भगवान् भरोसामा बाच्न थालेका छन् ।

 

उनका मामाले भान्जाको उपचारमा आफुले भ्याउन सक्ने डेढ लाख जति खर्च गरिसकेका छन् । अव मानवरुपी भगवानले मात्र सहयोग गरे भान्जालाई बचाउन सकिने उनका मामा अर्जुन थापाले बताए ।

‘अहिलेको जमानामा पनि दुःखी गरिबलाई सहयोग गर्ने कोहि न कोहि जिउँदो भगवान हुँदो रहेछ ।’ सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनले भान्जाको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाज सेवीसँग पनि सहयोगको अपिल गरेका छन् ।

सहयोग गर्न चाहानु हुनेले लीला थापा अथवा अर्जुन थापाको मोवाईल नम्बर संपर्क नं 9848751245/9810729170 मा फोन गर्न सक्नु हुने छ । साथै सहयोग गर्नेले NMB Bank बेलडाँडी शाखाको खाता नं. 1180181443200012 मा लीला थापाको बचत खातामा सिधै रकम सहयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित