गाउँलेद्धारा संकलन गरिएको आर्थिक सहयोग ‘ब्लड क्यान्सर’पीडितका परिवारलाई हस्तान्तरण

बेलडाँडी । ‘ब्लड क्यान्सर’बाट पीडित बेलडाँडी गाउँपालिका वडा नं.२ का १४ वर्षीय सम्राट थापाको उपचारका लागि गाउँलेहरुले संकलन गरेको रु १ लाख ५९ हजार ५ सय ३ रुपैँया पिडितका परिवारलाई हस्तान्तरण गरिएको छ ।

समाजसेवी अभिमान थापाको अगुवाइमा परिचालिति टिमले उक्त रकम संकलन गरि आज शनिबार हस्तान्तरण गरिएको हो। समाजसेववी थापा सहितका गाउँलेहरुले पीडित बालकका आमा लीला थापालाई उनकै निवासमा हस्तान्तरण गरेका हुन्।

सम्राटको अहिले भरतपुरस्थित वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । बेलडाँडीकामा रहेका सरकारी तथा गैरसरकारी विद्यायलहरु, महिला समाज, व्यापारी, शिक्षक, समाजसेवी, स्थानीय र विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।

गणेश मा.वि. भुर्षामा रहेको गणेश वाल क्लबको पहलमा गणेश मा.वि, शैलेश्वरी आ.वि, बैजनाथ मा.वि, लङभिजन प.स्कुल, सिंहपाल आ.वि, सगरमाथा बोर्डिङ स्कुल झिलमिला,मोडेल चाइल्ड केयर बोर्डिङ स्कुल, सगरमाथा पब्लिक स्कुल र बेलडाँडी गाउँपालिका वडा नं.४ लगायतबाट ६८ हजार ३ सय ५३ सहयोग भएको जनाए ।


देशविदेशमा भएका नेपालीहरुले समेत अनलाइन मार्फत सहयोग गरिराखेका छन् । यस्तै भर्खरै बेलडाँडी घरभएका युवा समाजसेवी तथा पत्रकार रोशन खडकाले समेत अनलाइन मार्फत १० हजार सहयोग गरेका छन् । उनले अझै सहयोगी मनहरुलाई समेत सहयोगका लागि आग्रह गर्ने बताएका छन् । “यस्तो कार्यमा सबैले हातेमालो गर्नुपर्नेमा वहाँले जोडदिनु भयो ।” यो समस्या सम्राटमालाई मात्र नभएर भोली आफुमा समेत यस्तो समस्या आउन सक्ने भन्दै हातेमालोको अतिआवश्यकता भएको बताए ।

नगद रुपैयाँ सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै समाजसेवी अभिमान थापाले आर्थिक सहयोग जुटाउ अभियानमा लागेका र सहयोगी मनहरु प्रति आभार व्यक्त गर्दै आर्थिक रुपमा विपन्नहरुलाई सहयोग गर्नु राम्रो कुरा भएको बताए ।


उनका अनुसार सम्पूर्ण व्यक्तिहरुले विपदमा परेकाहरुलाई केहि छाकबाट खर्च बचाएर दिएमा कसैको ज्यान बच्न सक्छ भन्दै अभियान थालेको जनाए । यस्तै परिवारले समेत ब्लड क्याक्सर पीडित बालकलाई सहयोगका लागि बारम्वार अपिल गरेका छन् ।

यता पिडितकी आमा लीला थापाले आर्थिक बुझ्दै आफ्नो छोराको जीवन बचाइदिनको लागि विभिन्न व्यक्तिले सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेकी छन् । उनको छोराको उपचारको लागि लाखौँ रुपैयाँ लाग्ने भएको छ । तर उनी संग अहिले खाएर साझ के खाने भन्ने ठेगान छैन् । आर्थिक स्थिति एकदमै नाजुक रहेकोले सबैपक्षबाट सहयोगको ठुलो अपेक्षा गरेकी छिन् ।

 

सहयोग गर्न चाहानु हुनेले लीला थापा अथवा अर्जुन थापाको मोवाईल नम्बर संपर्क नं 9848751245/9810729170 मा फोन गर्न सक्नु हुने छ । साथै सहयोग गर्नेले NMB Bank बेलडाँडी शाखाको खाता नं. 1180181443200012 मा लीला थापाको बचत खातामा सिधै रकम सहयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित