समुदायमा काँग्रेस अभियान : बेलौरी १०का नागरिकहरुले खुल्ला सिमाका कारण भोक्नु परेको समस्याका विषयमा छलफल

46
VIEWS

बेलौरी । नेपाली काँग्रेसको ’समुदायमा काँग्रेस’ अभियान मङ्गलवारबाट देशव्यापीरुपमा सुरु भएको छ । केन्द्रीय निर्णय बमोजिम काँग्रेसले देशैभर वडा स्तरमा कार्यक्रम सुरु गरे अनुसार बेलौरी नगरपालिका वडा नं. १० मा सिमा क्षेत्रका नागरिकले भोक्नु परेको समस्या र समाधानका बिषयमा छलफल गरिएको छ ।

बेलौरी १० भुडा सिमा क्षेत्रमा नेपाली काँग्र्ेस महाधिवेशन प्रतिनिधी तथा नेता प्रकाश पन्त, हरेन्द्र बिष्ट (होसियार)को उपस्थितिमा कार्यक्रम गरिएको नेता पन्तले जानकारी गराउनु भयो ।

केन्द्रीय निर्देशन अनुसार समुदायबाटै काँग्रेसको नीति र कार्यक्रमलाई जनतामा बुझाउनका लागि अभियान थालिएको पन्तले बताउनु भयो । उहाँले काँग्रेसमा जागरण सुरु भएको प्रस्ट पारे ।

यस्तै नेता बिष्टका अनुसार काँग्रेसले सुरु गरेको अभियानबाट जनताका समस्या बुझ्ने र सोही अनुसार साझा सङ्कल्प तयार पार्ने बताए । लोकतन्त्र र जनजीविकाको सवालमा काँग्रेस दृढ संकल्पित भएको बताउँदै उनले समाजलाई जोडेर एकताबद्ध बनाउने प्रस्ट पारे ।

आगामी माघ २६ गते सम्म विभिन्न कार्यक्रम गरेर अभियान जारी रहने काँग्रेसले जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार