प्रतिशोध साँध्न भारतमा नेपाल यात्रु बहाकबस नियन्त्रणमा, यात्रु अलपत्र

कञ्चनपुर। नेपालमा गैर कानुनी रुपमा संचालनमा रहेका ५८ भारतीय जिपकार नियन्त्रणमा लिएपछि त्यसको प्रतिशोध साध्नका लागि भारतीय पक्षबाट समेत नेपाली सवारी साधनमा नियन्त्रणमा लिईएको छ ।

 

सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ११ गड्डाचौकी क्षेत्रमा पार्किङ्ग गरेका ५८ भारतीय सवारी साधन नियन्त्रणमा लिएको थियो, ठिक त्यसको दोस्रो दिन बुधबार भारतीय यातायात व्यवसायीले नेपाली सवारी साधन समेत नियन्त्रणमा लिएका छन ।

महेन्द्रनगर बसपार्कबाट दिल्लीका लागि छुटेको एक महाकाली यातायातको बस भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएका हुन । उनीहरुले पार्किङ्ग गरेर राखेका आफ्ना सवारी साधन नेपाल प्रहरीले नियन्त्रणमा लिने भन्दै आफुहरुले समेत नेपाली सवारी साधन भारत चल्न नदिने चेतावनी दिएका छन ।

महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बर राज पन्तकै नेपाल भारतमैत्री बस भारतीय बनबासा बजारमा रोकेर प्रहरीले जिम्मा लगाएको छ । यात्रु बोकेर दिल्ली जान लागेको नेपाल भारत मैत्री सुपप्र ०२००१ख ११०० नम्बरको बसलाई रोकेको जनाईएको छ ।

महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बर राज पन्तले यात्रु बोकेर दिल्ली जान लागेको आफ्नो बसलाई केही भारतीय यातयात व्यवसायीले रोकेर प्रहरी चौकी बुझाएको बताए ।

‘बिहान यात्रु बोकेर दिल्ली गएको बस विचबाटैमा भारतीय यातायात व्यवसायीले नेपालमा प्रहरीले दुख दिने भन्दै हामी निजी व्यवसायीमाथि प्रतिशोध साँधिएको छ, ‘उनले भने, ‘यात्रुलाई ओर्लाएर बस प्रहरी चौकी र यात्रुलाई अलपत्र पार्ने काम भयो, यसको जिम्मा र सहजिकरण अब कसले गर्छ ।’

भारतीय सवारी साधन प्रहरीले समात्ने अनि हामीहरु निजी क्षेत्रका नेपाल भारत मैत्री बस भारतीय व्यवसायीले रोक्ने कार्यले व्यवसायी र यात्रुमाथि अन्याय भएको उनको भनाई छ । कञ्चनपुर प्रहरीले विभिन्न ५८ भारतीय जिपकार मध्ये ४८ सम्बन्धीत सवारी साधन धनीलाई बाँकी १० भन्सार चलान गरेको थियो । त्यसपछि भारतीय यातायात व्यवसायी प्रतिशोध साँध्नका उत्रिएका छन ।

यस घटनाले नेपाल भारतविच सम्बन्ध प्रभाव पर्ने स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले सीमावर्ती क्षेत्र गडडाचौकी सहितका स्थानबाट ५८ भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएको बताए ।

‘नियम विपरित कञ्चनपुरमा संचालनमा रहेका भारतीय सवारी साधन नियन्त्रणमा लिएको छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘४८ सवारी साधन सम्बन्धीत धनीलाई बुझाईदिएका छौँ, बाँकी १० भन्सार पठाएका छौँ ।’

प्रवक्ता डाँगीका अनुसार भन्सार नतिरी, सुविधा नलिई विद्यमान आर्थिक ऐन भन्सार व्यवस्था बिरुद्धमा संचालनमा रहेका भारतीय सवारी साधनबाट यात्रु बोक्ने गुनासो आएपछी भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिएको बताए । नेपालबाट दिल्लीका लागि छुटेको बस बनबासा बजारमा रोकेको विषयमा भारतीय अधिकारीसंग छलफल गर्ने प्रशासनले जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले नेपाली यात्रु बहाक बस भारतमा रोकेको विषयमा यतामा डिएमसंग छलफल गरेर अघि बढ्ने र उत्पन्न समस्या समाधानका लागि प्रशासनले पहल थाल्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित