बेलौरी । अन्तर्राष्ट्रिय सीमा सरोकार समुहले सशस्त्र प्रहरी बलसंग सीमा विवादको टुङगो नलाग्दासम्म अनावश्यक नापजाँचका कार्य रोक्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले सशस्त्र प्रहरी सहित सरोकारवालासग अनावश्यक नापजाँचका कार्य रोक्न आग्रह गरेका हुन ।
बिहीबार बिओपी भुडाका इन्चार्ज रमेश शाहुसंग भेटघाट गर्दै अन्तर्राष्ट्रिय सीमा सरोकार समुहका संयोजक भट्टले बेलौरी र बेलडाँडीका सीमा क्षेत्रमा कहिले भारतीय सीमा सुरक्षा बल, कहिले सशस्त्र प्रहरीसंग एकल तथा संयुक्त रुपमा नापजाँचका कार्य गर्न नगराउन आग्रह गरेका हुन् ।
विवादित स्ट्रीप नक्सा कार्यान्वयन नगर्न र सच्याएर मात्रै गर्न गराउन आग्रह गरेका छन् । बेलाबेलामा सीमावर्ती क्षेत्रमा आएर नेपाली नागरिकका दर्तावाला जमिनमा गैर कानुनी अनाधिकृत रुपमा नापजाँच गर्ने कार्यबाट नागरिकमा संन्त्रास फैलिएकाले यस्ता कार्य रोक्न सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई आग्रह गरेका छन् ।
हिजो बेलौरी १० भुडा क्षेत्रमा भारतीय एसएसबिको टोलीद्धारा एकतर्फी नापजाँचको कार्य थालेपछि स्थानीयहरुले विरोध गरेका थिए । उक्त विषयलाई लिएर आज भुडा विओपी क्याम्पमा छलफल गरिएको थियो । छलफलमा बेलौरी नगरपालिका उपप्रमुख जोगराज चौधरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समुह, स्थानीय, विओपी प्रमुख सहितका सहभागिता रहेको थिए ।
भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले हराएको पिलर खोजी गर्ने बहानाबाजी गराएर पुनः नेपाली भूमि कब्जा गर्ने षड्यन्त्र रचिरहेको भन्दै स्थानीय सशङकीत भएका छन ।
Discussion about this post