कञ्चनपुर । बेलौरीको पर्यटकीय गन्तव्य रहेको शोभातालमा कोअपरेटिभ म्यानेजर्स क्लकमो दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बेलौरी नगरपालिका ५को शोभातालमा कोअपरेटिभ म्यानेजर्स क्लकमो दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो । भेलाले सुनिल सेठिको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति निर्बिरोध चयन गरेको छ ।
उपाध्यक्षमा राजेन्द्र बहादुर सिंह सचिवमा मदन राज भट्ट, कोषाध्यक्षमा गणेश बहादुर चन्द, सह सचिवमा एक नारायण श्रेष्ठ , सदस्यमा क्रमश मोहन चन्द, सबिना थापा मगर, सरद चन्द्र पाण्डेय, लक्ष्मी सेठि, दान बहादुर रावल, बुद्धि ब। कटुवाल , बन्दना शर्मा , अमृता गौतम रहेका छन ।
कार्यक्रममा प्रमुख अतिथि सचेत रहेका कञ्चनपुर बहुउदेश्यीय सहकारी संघका अध्यक्ष प्रेमसिह भाटले सहकारी म्यानेजरहरुको क्लबले आफ्नो पहिलो प्राथमिकता संचालक कर्मचारिहरुको दक्षता अभिवृद्धि गर्नुपर्ने बताए ।
यसका साथै सहकरिको र सहकरिका सदस्यहरुको ब्यबसायि सल्लाहकारको रुपमा काम गर्नु पर्ने भएकोले, कञ्चनपुर सहकारी महासम्मेलन आयोजना गर्ने , सहकारीहरुले उत्पादन गरेका बस्तु र सेवाहरुको बजारिकरणका लागि उपयुुक्त स्थानमा बिक्रि कक्ष स्थापना गर्ने बिषयमा जोडदिनुपर्ने र यसका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
Discussion about this post