कपिलवस्तुमा बस दुर्घटना परी मृत्यु भएका १०जनाको पहिचान खुल्यो

640
VIEWS

कपिलवस्तु :

कपिलवस्तुको शिवराज नगरपालिका (१ सुरही पुल नजिकै बस दुर्घटना हुदा मृत्यु भएका १० जनाको पहिचान भएको छ ।मृत्यु हुनेमा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारीका रहेका छन् ।

त्यस्तै, भीमदत्त नगरपालिका १६ कि सञ्जु थापा, भिमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्टको पनि पहिचान खुलेको छ।मृत्यु हुनेमा पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको छ ।

यस्तै रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेको कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको बस राती करिब १ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुनौलो महाकाली यातायातले संचालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ ।

अन्यको सन्जिवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी नायवउपरीक्षक हरि वलीले बताए।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार