मोटरसाइकल दुर्घटना मा परी एक जनाको मृत्यु

8
VIEWS

काठमाडौं:

सिन्धुलीको दुधौली नगरपालिका ९ आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक डीएसपी चिरन्जीवी दाहालले जानकारी दिएका छन् ।कुमर स १० प ३९०९ को मोटरसाइकल चलाउँदै डकाहाबाट दुधौली तर्फ जाँदै थिए ।

 

उनलाई दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउतले चलाइरहेको प्र।१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए ।बेचु कुमरको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर थियो ।

 

उनलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि आज बिहान ६ बजेर ५५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालले जानकारी गराएका छन् ।अर्का मोटरसाइकल चालक हरि राउतको भने दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ ।

उनको दायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार