दार्चुला:
दार्चुलामा ट्याक्टर दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ ।
दार्चुलाको नौगाड गा।पा।२ सुन्नमुन्न स्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सु।प।प्र।०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर आईतबार साँझतिर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही निमार्ण सेवा कम्पनिका ओभरसियर जिल्ला धनुषा नारायण न।पा।५ गमरखोली बस्ने बर्ष ३२ को राम सागर रावतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।फरार रहेका ट्याक्टर चालक जिल्ला बैतडी मेलौली न।पा।१ बस्ने २८ को बिजेन्द्र सिंह नायक खोजिकार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट अवश्यक अनुसन्धान भईरहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
Discussion about this post