कञ्चनपुर/फागुन । सुदूरपश्चिम विश्वविद्यालयले चोरुवाबाटोबाट निजी कलेजहरुलाई सम्बन्धन दिन लागेको भन्दै विद्यार्थीले एक पदाधिकारीको कुर्सी बाहिर मिल्काईदिएका छन । मंगलबार व्यवस्थापन संकायका डिन पदमराज जोशीको कुर्सी कार्यकक्षबाट बाहिर मिल्काएका हुन ।
अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवन सिह विष्टले विद्यार्थी संगठनबाट पटक पटक आब्हान गर्दा समेत उपकुलपति डा.अमराज जोशीले प्राज्ञिक परिषद्बाट निजी कलेजहरुलाई हजुवाको घरमा सम्बन्धन दिन खोजिएको भन्दै विद्यार्थीले बिरोध स्वरुप केन्द्रीय कार्यालयमा रहेका एक जना डिनको कुर्सी बाहिर फालिदिएको बताए ।
‘हामीले यस बारेमा पटक पटक ताकेता गरेका छौँ, विश्वविद्यालयका आन्तरिक समस्या विद्यमान हुँदाहुँदै आर्थिक मोलमोलाईमा सम्बन्धन दिन नहुने भन्दै आएका छौँ, ‘उनले भने, ‘तर नेतृत्वले मानेको छैन, त्यही भएर विद्यार्थीले साँकेतिक स्वरुप अहिले एक जना पदाधिकारीको कुर्सी बाहिर फालिएको छ, अब आन्दोलन थप निर्मम बन्छ ।’
यसैविच सुप विश्वविद्यालय प्राध्यापक संघका उप सभापति महेन्द्र बहादुर चन्दले समेत संघका पदाधिकारी, महासंघले एकलौटी काम गर्न खोजेर आफु अनुकुल अमुख मान्छेलाई उपकुलपति बनाउन खोजिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन ।
प्राध्यापक संघका उप सभापति चन्दले एक प्रेस विज्ञप्ती जारी गर्दै संघले कुनै व्यक्तिलाई उपकुलति बनाउने संस्था नभएको स्पष्ट पार्दै यस्ता कार्य र रबैया बिरुद्धमा जाने चेतवानी दिएका छन । सुप विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले कुनैपनि निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय नभएको बताए ।
‘सम्बन्धन दिने विषयमा अहिलेसम्म निर्णय भएको छैन, प्राज्ञिक परिष्दले फिल्डमा गएको रिर्पोट कार्यकारीलाई बुझाउने हो, त्यो पनि भएको छैन, बजारमा आएका हल्ला मात्रै हुन हामीलाई सहकुलपति र उपकुलपति कार्यालयमा दीर्घकालिन निर्णय नगर्न नगराउन आएको पत्र अनुरुप हामीले एकेडेमीक कामकाज बाहेक केही गरेका छैनौँ ।’
Discussion about this post