बेलडाँडी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हजारौं विघा जमिन सिमसारमा परिणत भएको छ । वडा नं १ देखि ५ सम्मका करिब तीन हजार बिघा उर्वरा जमिन दुई दशक देखि बाँझै रहेको छ ।
०५५ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण भएसँगै नहरबाट पानी चुहिएका कारण उर्वर जमिन सिमसारमा परिणत भएको हो ।
बेलडाँडीको पूर्वमा झर्ना खोला र पश्चिममा चौधर नदीसहितका खोलानालाका कारण समेत जमिन दलदलमा परिणत हुँदै आएको स्थानीयको भनाइ छ । बेलडाँडी–५, झिलमिलाका स्थानीय तेज रावलले नहर निर्माण भएदेखि नहरको पानी चुहिएर खेतमा जाने भएकाले उर्वर भूमि सिमसारमा परिणत भएको बताए । उनले भने ‘जमिन छदाछदै समेत खेतीलाग्ने जमिन सिमसारमा परिणत भएपछि यहाँका प्रत्येक घरका मान्छे मज्दुरी गर्नका लागि भारत लगायत अन्य मुलुक गएर गुजारा गर्ने गरेको बताए ।’
०५५ सालअघि उर्वर भूमिमा धान, मसुरलगायतका अन्नबाली लगाउने गरे पनि खेत सिमसारमा परिणत भएपछि यहाँका अधिकांस युवा बिदेसिनु पर्ने बाध्यता रहेको जनाए ।
‘पहिले कञ्चनपुरकै सबै भन्दा राम्रो धान गहुँ बढी फल्ने नामले झिलमिला बैवाह भन्ने परिचित थियो । ‘अहिले खेत दलदलमा परिणत भएको छ यसको निकासको लागि सरकारले कुनै विकल्प निकाल्नु पर्ने बताए ।’
बेलडाँडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष ईन्द्र बहादुर खडकाले भने सिमसार क्षेत्र निराकरणका लागि राकेश रानाको घर देखि धन बहादुर रोकायाको घर सम्मको मुल नहरमा आरसीसी बनाउनका लागि माग गरेको बताए त्यती मात्र गर्ने हो भनेपनि धेरै राहत हुने वहाँले बताउनु भयो ।
उनले भने दलदल सिमसारको कारण महाकाली सिंचाइ भएको बताउदै राज्यले यसलाई सिमसार क्षेत्र घोषण गरिदियो भने राज्यबाट अन्य सुविधा पाइने कुरा व्यक्त गर्नु भयो ।
सिमसार व्यवस्थापन नहुँदा किसानले निकै समस्या खेप्नुपरेको बताउदै राज्यले सिमसार क्षेत्रका किसानलाई प्राथामिकताका साथ लिनुपर्नेमा जोड दिनु भयो । झिलमिलामा मात्र ३ सय बिघा भन्दा बढी जमिन सिमसारमा परिणत भएकाले प्रयोगमा नआएको जनाए ।
बेलडाँडीको दक्षिण क्षेत्रमा रहेका किसानले त्यहीबराबर रहेको खेतमा नगदे बाली लगाएर वार्षिक लाखौँ आम्दानी गरे पनि बेलडाँडीका किसानले बाँझो जमिन हेरेरै चित्त बुझाइरहेका छन । स्थानीय, प्रदेश र संघीय चुनावमा उठ्ने दलका नेता–कार्यकर्ताले चुनाव जित्नकै लागि उक्त एजेन्डा अघि सारे पनि चुनाव जितेपछि वास्ता नै नराख्दा उर्वरा जमिन जलाशयमा परिणत भएको हो ।
झन्डै २५ वर्षदेखि बेलडाँडी पूरै वडाको हजारौँ बिघा जमिन सिमसारमा परिणत भएसँगै स्थानीय बिदेसिन बाध्य भएका हुन ।
भिडियो हेर्न तलको लिङ्क
Discussion about this post