बेलडाँडीमा ६ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ६ हजार ८ सय ५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य यस पालि लिइएको छ ।

 

बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभा हलमा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माधवानन्द भट्टले अभियान सम्बन्धी जानकारी गराउनु भएको थियो ।

 

बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायत सरोकारवाला पक्षलाई बोलाई अभियान सम्बन्धी जानकारी गराइएको थियो । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

 

कञ्चनपुरका पालिकाहरूमा फागुन १३ देखि २३ गतेसम्म अभियान सञ्चालन गरिने भएको हो । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र बाँकी ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई मात्रै खोप लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित