कञ्चनपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शुक्रवार प्रेस वक्तव्य जारी गर्दै नगर विकास समितिले गरेको निर्णय तत्काल खारेज गर्न माग अघि सारेको छ । उक्त पार्टीका सचिवालय सदस्य दिपेन्द्र ऐरीका अनुसार तत्कालिन महेन्द्रनगर नगर विकास समितिको जमिन घोटला तथा अबैध लिज प्रकरणका विरुद हाम्रो पार्टी आमरण अनसन गरेको कुरा आम कञ्चनपुर वासि जनसमुदायमा अवगत नै भएको जनाए ।
मुद्वाहरु बिषेश अदालतमा विचाराधीन अवस्थामा छन् । मुद्वाको छिनोफानो नहुदै हालको भीमदत्त नगर विकास समितिको गत माघ २८ गते बसेको बैठकले जिल्ला निर्वाचन कार्यालय र सेफ हाउसलाई जग्गा उपलब्ध गराउने र जिल्ला समन्वय समितिलाई जग्गाधनी पूर्जा दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको समाचार विभिन्न अनलाईन मिडाया पत्र पत्रिकामा आएको खवर प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस्ता अबैध कार्य नगर्न सम्बन्धीत निकायलाई सचेत गराउन चान्छौ , उक्त गरिएको निर्णय तत्काल खारेज गर्न हाम्रो पार्टी सम्बन्धीत निकाय संग जोडदार माग गर्दछौं । अन्यथा हाम्रो पार्टीले अघि सारेको माग प्रति सम्बन्धीत निकायले बेवास्ता गरेको पाईएमा हामी जस्तोसुकै निर्मम संघर्षमा उत्रिने कुरा यसै वक्तव्य मार्फत जानकारी गराउदै ,सरकारी सम्पतिको रक्षाका लागि सम्पुर्ण न्यायप्रेमि तथा देशभक्त कञ्चनपुर बासी जनसमुदायलाई हार्दिक अपिल समेत गरेका छन् ।
Discussion about this post