महेन्द्रनगरमा युवकको हत्या गरेर नहरमा फालेको अवस्थामा शव फेला

कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा एक युवकको हत्या भएको आशंका गरिएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर गोबरैयाका युवक चन्द्र बहादुर विष्टको हत्या भएको आशंका गरिएको हो ।

 

तीनदिन अघिदेखि हराएका विष्टको हत्या गरेर नहरमा फालेको अवस्थामा शव फेला परेको जनाईएको छ ।
आइतबार घरदेखि हराएका विष्टको मंगलबार हत्या गरेको अवस्थामा सिँचाईको नहरमा शव फेला परेको परिवारजले जनाएका छन । मृतक विष्टका दाजु अमर बहादुर विष्टले १३ फागुनदेखि हराएका भाईको शव १५ फागुन बिहान नहरमा हत्या गरेर फालेको अवस्थामा भेटिएको बताए ।

‘भाई भारतमा रोजगारी गर्दै आएका थिए, उनी केही समय अघि घर आए दैनिक दिपक जोशीको पसलमा बस्दै आएका थिए, चन्द्र घर नआएपछि हामीले दिपकको पसलमा गएको पनि सोधे, त्यहाँ नआएको जवाफ दिए, शव फेला परेकै दिन दिपकको पसलमा रगत पनि भेटियो, त्यहीबाट हत्या गरेर नहरमा फालेको देखियो ।’

विष्टको शव नहरमा फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले पसले दिपक जोशी र छिमेकी भरत चन्दलाई घटना बारे सोधपुछका लागि लगिएको बताए ।

 

‘घटनाको हामीले अनुसन्धान अघि बढाएका छौँ, ‘प्रवक्ता डाँगीले भने, ‘घटना स्थलदेखि शव फेला परेको स्थान सबै क्षेत्रमा आवश्यक अनुसन्धान अघि बढाएका छौँ ।’ मृतक विष्ट परिवारले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित