कञ्चनपुर, फागुन १५ । छलछाम गरेर कुमारी बैंकले गरिब जनताको खेतबारी लिलाम गरेको भन्दै एक राजनीतिक दलले कब्जा गरेको छ ।
कुमारी बैंकले लिलाम गरेको भीमदत्त नगरपालिका १८ गोबरैया श्रीकृष्ण टोल स्थित स्व थम बहादुर पार्कीको जमिन कब्जा गरेको हो । मंगलबार क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले उक्त बैंकले लिलाम गरेको जमिन कब्जा गरेको घोषणा गरेको छ ।
क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका अनुसार बैंकका कर्मचारी, भूमाफिया समुहको जालझेलमा सर्वसाधारणको जमिन लिलाम बिरुद्धमा कब्जा गरिएको जनाएको छ । बंैंकले उक्त जमिन लिलाम गरेपछि जमिन धनी स्व.थम बहादुर पार्कीका छोरा प्रकास पार्कीले उक्त जमिन फिर्ताका लागि बैंक सहितका विभिन्न निकायमा हार गुहार गर्दै आएका छन ।
प्रकास पार्कीले ०२२ सालदेखि बस्दै आएको जमिन ठुलबाबु कमलले लक्ष्मण विष्टलाई ८लाखमा दृष्ट्रिबन्धकी राखेर आफ्नो नाममा पास गरेको बताए । त्यसपछि विष्टले चन्द्र गिरीलाई बेचेपछि कुमारी बैंकले गत पुषमा लिलाम गरेपछि उक्त जमिन लिलाम गरेको बताए ।
०७२ सालमा आफुले उक्त जमिन दृष्ट्रिबन्धकी बारे जिप्रकामा छलफल गराउँदा समेत न्याय नपाएको दुखेसो पोखे । उक्त ३ कट्टा ११ धुर जमिन ४५ लाखमा बंैंकबाट ऋण लिएका थिए । ७५ लाख, ५० हजारमा लिलाम भएको उक्त जमिन फिर्ताका लागि पार्की परिवारले हारगुहार गर्दै आएका छन ।
यसरी जमिन माफियादेखि बैंकका कर्मचारीको मिलोमतोमा हुने गरिबको उठिबासी रोक्नुपर्नेमा राजनीतिक दलले समेत त्यसतर्फ ध्यानाकर्षण गराएका छन ।
Discussion about this post