नेशनल लाईफले ग¥यो घरमै गएर मृत्युदावि रकम हस्तान्तरण

48
VIEWS

कञ्चनपुर, फागुन १६ । कञ्चनपुर महेन्द्रनगरको एक जिवन बिमा कम्पनीले बिमा गरेका व्यक्तिको मृत्यु भएपछि उनको घर परिवारलाई बिनित रकम हस्तान्तरण गरिएको छ ।

 

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगरले मुत्यु दावि भुक्तानी रकम हस्तान्तरण गरेको हो । उक्त कम्पनीबाट भीमदत्त नगरपालिका १०जिमुवाका डम्बर बहादुर कार्कीले बिमा गरेका थिए ।

कार्कीको ५ पुष ०८० मा निधन भएको थियो । कार्कीले एक बर्ष अघि कम्पनीका सिनियर बिजनेस म्यानेजर पार्वती नेगी(कार्की)बाट बिमा गराएका थिए । डम्बर बहादुर कार्कीको श्रीमती पार्वती बिष्ट कार्की लाई ५लाख, ३७ हजार ३सय ३३रुपैया मृत्युदावि रकम हस्तान्तरण गरिएको छ । बुधरबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले एक कार्यक्तमका विच उक्त मृत्यु दावि रकम घरमै पुगेर हस्तान्तरण गरेका हुन ।

महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्ट सहित मार्केटिङ अफिसर कुष्ण सिह ठगुन्ना,चिफ बिजनेस म्यानेजर धन सिंह ठगुन्ना र सिनियर बिजनेस म्यानेजर पार्वती नेगी सहितले उक्त बिमा रकम हस्तानतरण गरेका छन ।

कमाउने घरमुलीको निधनले परिवारमा पर्न गएको आर्थिक भारमा कम्पनीबाट प्राप्त दावि रकमले ठुलो राहत पुगेको महसुस गर्दै जीवन विमा अनिवार्य गराउनु पर्ने हकवाला पार्वती बिष्ट कार्कीको भनाई छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार