कञ्चनपुरका एक लाख ७२ हजार नागरिकलाई आइतबार देखि राष्ट्रिय परिचय पत्र वितरण गरिने

कञ्चनपुर । कञ्चनपुरका डेढ लाख बढि नागरिकलाई आइतबार देखि राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ ।

 

आउँदो आईतबारदेखि जिल्लाका वडाहरु मार्फत एक लाख ७२ हजार नागरिकलाई राष्ट्रिउ परिचय पत्र वितरण गरिने भएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले यस अघि संकलन गरेको विवरणवाला नागरिकलाई परिचय पत्र वितरण गर्न लागेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश केशरीले यस अघि संकलन भएको विवरणबाट बनेका परिचय पत्र वितरण गरिने बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले पहिलो चरणमा भीमदत्त, दोधाराचाँदनी, बेलौरी र पुनर्वास नगरपालिका वडाहरुबाट वितरण गरिने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित