एमाले कञ्चनपुर अधिवेशन : वडा,पालिका भूगोलबाट प्रतिनिधी छनौट

65
VIEWS

कञ्चनपुर, फागुन २० । आगामी चैत्र पहिलो साता हुने नेकपा एमाले कञ्चनपुरको ९औँ अधिवेशनका लागि वडा, पालिका भूगोलबाट प्रतिनिधी छनौट भएका छन ।

एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले शनिबार जिल्लाका सबै वडा, पालिकाहरुबाट सर्वसम्मत प्रतिनिधी छनौट भएको बताए ।

एमाले सचिव भट्टले जिल्लाका दुई चार वडा बाहेक अन्य वडाहरुबाट अधिवेशन प्रतिनिधी छनौट भएको बताए । सचिव भट्टले २३गते भित्रै भातृ संघ संगठनहरुबाट अधिवेशन प्रतिनिधी छनौट हुने बताए । जिल्ला अधिवेशनका लागि ४८७ प्रतिनिधी छनौट हुनेछन ।

१ र २ चैत्रमा हुने अधिवेशनका लागि एमाले कञ्चनपुर जिल्ला प्रतिनिधी छनौटमा जुटेको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार