बेलडाँडीमा शिवरात्री विशेष सांस्कृतिक कार्यक्रम हुदै

बेलडाँडी । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा शिवरात्री विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । विगत बर्ष झै यस बर्ष पनि चवन्नी वजारको खुल्ला मञ्चनमा मेला लाग्ने भएको छ ।

 

शिवरात्रीको अवसर पारेर यसै २५ र २६ गते २ दिनका लागि मेला लाग्ने भएको कार्यक्रमका सह आयोजक न्यू आराधाना कला मन्दिरका निर्देशक भुपेन्द्र रानाले जानकारी गराउनु भयो । कार्यक्रममा स्थानीय कलाकार तर राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने मेला मुल आयोजक समितिका संयोजक तथा चवन्नी वजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले जानकारी गराउनु भयो ।

खत्रीका अनुसार यहाँका स्थानीयहरुलाई मनोरञ्जन दिनका लागि विगत लामो समय देखि यस समितिले विभिन्न कार्यक्रम गर्दै आएको जनाउनु भयो । मेलाले व्यापार व्यवसायमा समेत ठुलो टेवा पुग्ने वहाँले जनाउनु भयो । राष्ट्रिय स्तरका कलाकारहरुलाई बेलडाँडीमा ल्याउने तयारी भएको छ हेरौं कति कलाकारहरुलाई यहाँ ल्याउन सकिन्छ वहाँले भन्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित