शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयको अधुरो भवन पुर्व प्रधानमन्त्री ओलीबाट उद्घाटन गर्न लगाउन खोजिएको भन्दै काँग्रेसको बिरोध

कञ्चनपुर, फागुन ३० । कञ्चनपुरको शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको अधुरो भवन उद्घाटनको विषयलाई लिएर स्थानीय स्तरमा राजनीतिक दलहरुविच विवाद उत्पन्न भईरहेको बुझिन्छ ।

बुधबार एमाले कञ्चनपुरको ९ औँ अधिवेशनका लागि पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उक्त भवन उद्घाटन गराउने हल्ला आएको भन्दै शुक्लाफाँटा नगरका स्थानीय दलहरुविच विवाद उत्पन्न भएको हो ।

एमाले भवन उद्घाटन गराउने पक्षमा देखिएको छ । भने विपक्षी नेपाली काँग्रेस विपक्षमा देखिएको हो । नेपाली काँग्रेस शुक्लाफाँटा नगरका स्थानीय नेताहरुले ठेकेदार कम्पनी चन्दीदेवी निर्माण सेवाले भवन निर्माण पुरा नहुँदै र हस्तान्तरण नगर्दै उद्घाटन गर्ने कार्य दुखत भएको बताएका छन ।

नेपाली काँग्रेस शुक्लाफाँटा नगरका सभापति दान बहादुर ऐरले सिटिईभिटईको सम्बन्धन प्राप्त शुक्लाफाँटा कलेजको भवन उद्घाटन कार्यक्रमको हल्ला चलेको र यस बारेमा पालिकाले समेत आधिकारिक धारणा नदिएको बताए ।

‘यसरी शिक्षा क्षेत्रमा अनावश्यक राजनीति भवन उद्घाटन गर्ने मात्रै होडबाजीले हामी अचम्मित भएका छन, ‘उनले भने, ‘उक्त भवन उद्घाटनको विषयमा सम्बन्धीत कलेज, पालिका र प्रमुख जिल्ला अधिकारीलाई सोधपुछ गछौँ ।’

शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लेखा अधिकृत टिका भट्टले निर्माण कम्पनीले केही कार्य गर्न बाँकी रहेको बताए । उनका अनुसार ट्याङकी, विद्युत जडान सहितका अन्य केही फिनिसिङ्गका काम बाँकी रहेका छन ।

भवन समेत ठेकेदार कम्पनीले सिटिईभिटीलाई हस्तान्तरण नगरेको उनले बताए । ‘यो भवन निर्माण कम्पनीले हस्तान्तरण नै गरेको छैन, ‘उनले भने, ‘यहाँ उद्घाटन गर्ने हल्ला छ, हामीलाई माथि सिटिईभिटीबाट तयारीका लागि आवश्यक केही जानकारी छैन ।’

एमाले कञ्चनपुरका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख कर्ण बहादुर चन्दले पाटी अध्यक्ष केपी शर्मा ओली पाटीको अधिवेशन उद्घाटनसंगै जिल्ला पाटीको समन्वयमा दोधाराचाँदनीमा बन्ने भनिएको सुक्का बन्दरगाह र ६नम्बर वडा भवन उद्घाटन गर्ने कार्यक्रम रहेको बताए । ‘ति तीन कार्यक्रम बाहेक अरु हामीलाई थाहा छैन, ‘उनले भने, ‘पाटीको समन्वयमा भईरहेका दुई कार्यक्रम मात्रै हुन ।’

स्थानीय तेज शाहले पनि बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गराउने कार्यले दोहोरो गोदाबरी भिडन्तदेखि गोदाबरी काण्ड हुने चेतावनी दिएका छन ।

स्थानीय एव नेकपा माओवादी नेता नवराज ऐरले समेत निर्माण सम्पन्न नहुँदै उद्घाटन कार्य निर्माण कम्पनीले कार्यसम्पन्न गरि साचो हस्तान्तरण गर्न बाकि रहेको अवस्थामा उद्घाटन दुखत विषय भएको जनाएका छन । ऐरले समाजिक सञ्जाल मार्फत यस्तो धारणा राखेका छन ।

‘शुक्लाफाटा बहुप्राविधिक शिक्षालयको कंचनपुर झलारीको निर्माणाधीन भवन उद्घाटन गर्न हुने र नहुने कुरा सामाजिक संजालमा बहस सुनियो। सोफान अनुसार प्रक्रिया मिलेको अवस्थामा पुर्वप्रधामन्त्रि द्दारा उद्घाटन गराउने कुरा सबल पक्षनै मानिन्थ्यो।

स्थापना कालदेखि हालसम्म जुत्ता फटाएको मान्छे हुनुको नाताले मलाई जसअपजस लिनु छैन तर चासो स्वभाबिक रहन्छ ।

सम्बन्धित सिटिभिटीको केन्द्र देखि सम्बन्धित अफिसको सेडुल नहुनु र प्रमुख जिल्ला अधिकारि अध्यक्ष रहेको संस्था भएको हुँदा जिल्ला प्रशासनको समेत कुनै नियमित उद्घाटनको कार्यक्रम नभएको अवस्थामा राजनीतिक दबाबमा पारि शिलालेखमा नाम मात्रै लेखाउने कार्यगर्नु भनेको धरहराको उद्घाटन पछिपनि हालसम्म हामीलाई जिस्काइरहनु जस्तो मात्र हो।

त्यसैले उद्घाटन जुननेताबाट जहिले गराएपनि हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगर्न नगराउन र मेरो पार्टीको तर्फबाट असहमति रहेको जानकारी गराउँदछु ।’
शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका प्रमुख सिता घर्ती मगरले भवन उद्घाटनका लागि आधिकारिक पत्र नआउँदासम्म आफुले केही पनि कार्य अघि नबढाउने बताए ।

‘हामीलाई सिटिईभिटिीको आधिकारिक पत्र आएको छैन, बाँकी बजारमा आएका हल्ला मात्रै हुन, ‘उनले भनिन, ‘हामीले जब आधिकारिक पत्र आउँछ, तबमात्रै अघि बढाउँछौँ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित