दार्चुला समाज कञ्चनपुरको साधारण सभा : अध्यक्षम साउद

धनसिह धामी, चैत्र ३ । दार्चुला समाज कञ्चपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच दार्चुला समाज दार्चुला समाज कञ्चपुरको प्रथम साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा दार्चुलाका विभिन्न क्षेत्रमा कार्यरत रहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । हालै सुप प्रदेश सरकारको सह सचिवमा बढुवा भएका सहसचिवद्वय दुर्गादत्त विष्ट, डा.पान सिह ठगुन्ना, सुप प्रदेश सभा सदस्य लक्ष्मी विक, बेदकोट उपमेयर तुलसी जोशी, बेदकोट नपा ८ का वडाध्यक्ष महेशराज जोशी, बेदबकोट नपा ९ का वडाध्यक्ष जनकसिह विष्ट, शुक्लाफाँटा नपा ८ का वडाध्यक्ष बहादुर सिह महरा, भीनपा ३ वडा सदस्य मिना कुवर, भीनपा १२ वडा सदस्य राजेन्द्र प्रशाद पन्त, भानु पाटी पैलेशका संचालक भानुदेव जोशी, होटल ९/११का संचालक कमल बहादुर सिह सहितलाई सम्मान गरिएको छ ।

दार्चुला समाजको प्रथम साधारण सभाबाट अध्यक्षमा पुन भीम बहादुर साउद, उपाध्यक्ष भवानी प्रशाद पन्त, सचिव निरन्जन विष्ट, सह सचिव मनोज भट्ट। कोषाध्यक्ष विजयालक्ष्मी अवस्थी चयन भएका छन । सदस्यहरु महादेव जोशी, मोहन ठगुन्ना, पदम विष्ट, पुर्णिमा धामी, नर सिह बडाल, धर्मराज जोशी, सुरेन्द्र जोशी, लक्ष्मी धामी, बिमला ओझा(भट्ट), जयराज भट्ट, कृष्ण सिह साउद चयन भएका छन ।

दार्चुला समाज कञ्चनपुरको अध्यक्षमा चयन भएका भीम बहादुर साउद सहितका पदाधिकारीहरुले दार्चुलाको लोक संस्कृति, परम्परा सहितका समस्या उजाकर गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कार्यक्रममा दार्चुला समाजका पदाधिकारी, सदस्य सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित