बेलडाँडी । बेलडाँडीमा त्रिशुली भुइयाँ शिद्धनाथ बैजनाथ धार्मिक ज्ञान विज्ञान श्री भागवत महायज्ञ सप्ताह गर्न लागिएको छ । मन्दिरको श्रर्वाङ्गिण विकास सहयोगार्थ चैत ५ गते देखि ११ गते सम्म बेलडाँडी गाउँपालिका वडा नं. २ मा रहेको त्रिशुली भुइयाँ शिद्धनाथ बैजनाथ मन्दिरको प्राङ्गणमा धार्मिक महोत्वस गर्न लागेको महायज्ञका संयोजक सगुना रानाले जानकारी दिए ।
उहाँका अनुसार मन्दिरको श्रर्वाङ्गिण विकासका साथै धर्म संस्कृतिको समेत जर्गेनाका लागि ज्ञान यज्ञको आयोजना गरिएको बताए । महायज्ञमा नेपाली भाषाका प्रखर कथा बाचक पुज्य श्री अच्युत शरण महाराज ज्यू (धिताल) बाट प्रवचन हुने बताए ।
कार्यक्रमको समुदघाटन समारोह दिउसो ११ बजे हुने छ भने कार्यक्रममा राष्ट्रिय भजन गायक, राष्ट्रिय अक्टोप्याड वादक, राष्ट्रिय बासुरी वादक, राष्ट्रिय मादल वादक, राष्ट्रिय झाकी कलाकारहरुको समेत सहभागि रहने जनाइएको छ ।
Discussion about this post