कञ्चनपुरमा जंगली हात्तीको आतंक, किसानको गहुँ बालीको नाश

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आतंक बढेको छ । जंगली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका वडा नं.१२ कुण्डा टोल र बेलौरी नगरपालिका वडा नं. ९ को डाडाकुण्डामा हात्तीको बथानले गहुँबालीमा ठुलो नोक्सान पुर्याएको छ । बेलौरी शुक्लाफाँटामा लगभग ६,७ बिगाह भन्दा बढी क्षति गरेको शुक्लाफाँटा नगरपालिकाका किसान देवराज भट्टले पश्चिम समाचारलाई जानकारी गराउनु भयो ।

 

उहाँका अनुसार शुक्लाफाँटामा बुधवार राती १४,१५ हात्तीको बथान गाउँमा पस्दा गहुँबालीको नोक्सान भएको जनाए । यस्तै बेलौरी ९ को ८,१० जना किसानको गहुँबाली केराबारीमा क्षति पुर्याएको छ । शुक्रवार राती ११ बजे आएको हात्तीको बथान बस्तीमा पस्दा स्थानीयहरू रातभर हात्ती धपाउन जाग्राम बस्नुपरेको डाडाकुण्डाका चेतराम चौधरीले बताए ।

अहिले दुधुवा नेशनल पार्क भारतबाट हात्ती मध्यवर्ती वनबाट आउने जाने समय भएकाले सतर्क रहन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हात्ती नियन्त्रणका लागि बजेट अभाव भएका कारण सामान्य साइरन बजाउने, पटाका पट्काउने, होहल्ला गर्ने गरेर मात्र भगाउन सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित