बैद्यको क्रान्तिकारी युवा सगठनले हुलाकी सडकमा ताकेता गरेपछि

कञ्चनपुर, चैत्र ५ । हुलाकी राजमार्ग आयोजना कार्यालय, बैद्य निकट क्रान्तिकारी युवा संगठन र ठेकेदारविच दुई बुदे सहमती भएको छ ।

सोमबार हुलाकी राजमार्ग आयोजना कार्यालय, क्रान्तिकारी युवा संगठन र ठेकेदारविच दुई बुदे सहमती भएका हो । क्रान्तिकारी युवा संगठन नेपाल सुप प्रदेशका संयोजक दिपेन्द्र सिह ऐरीले दुई बुँदे सहमती भएको बताए ।

संयोजक ऐरका अनुसार चैत्र १५गतेभित्रै काम शुरु गरेर २५चैत्रदेखि कालोपत्रे शुरु गर्ने सहमती भएको छ । हुलाकी राजमार्ग आयोजना प्रमुख पारमणी हमाल, क्रान्तिकारी युवा संगठन प्रदेश संयोजक दिपेन्द्र सिह ऐरी, कैलाली जिल्ला संयोजक तिलक, निर्माण व्यवसायीका ईन्जिनियर रोशन भट्ट, महेश चन्द सहितको उपस्थितिमा सहमती भएको हो ।

 

कञ्चनपुर, कैलालीमा ठेकेदारले हुलाकी सडक निर्माणमा चरम लार्पबाही गरेपछि बैद्यको क्रान्तिकारी युवा संगठनले हुलाकी सडक बारे राजमार्ग आयोजना कार्यालय धनगढीमा ताकेता गर्दै आएको छ ।

क्रान्तिकारी युवा संगठन नेपालले समयमै सडक निर्माणकोे माग अघि सारेर कालोब्यानरदेखि तालाबन्दी गरेको छ । युवा संगठनको दवावपछि हुलाकी सडक कार्यालयले ठेकेदारलाई कडाईपुर्वक ताकेता गरेको थियो । ३० महिनामा सक्नुपर्ने काम ७० महिना वितिसक्दा पनि ६२किलोमिटर सडक पुरा नहुँदा जनता हैरान भएका छन ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सुचना अधिकारी पदम मडैले चार पटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पुरा नगरेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिईएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंससिद्धिकीले पाएका थिए ।

निर्माण कम्पनीले सम्झौता गरेको ७० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ ।

पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे, हिलाम्मे भएको छ ।

बाबाहंससिद्धिकीका संचालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाई भईरहेको बताउदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२सय मिटरमा मात्रै काम अवरोध गरेपनि बाँकी १८ किलोमिटरमा अवरोध नभएपनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ ।

हुलाकी सडक समयमै निर्माणका लागि दक्षिणी क्षेत्रका मन्त्री,संसद, पुर्व स्रसद,जनप्रतिनिधी अधिकाँस राजनीतिक दल, स्थानीयले ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई घचघच्याउँदा समेत चरण ढिलासुस्ती भईहरेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित