चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसईई मा सुदूरपश्चिमबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका छन्।
जसमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्रा सहभागी हुनेछन्। यसपटक प्रदेशका नौवटै जिल्लामा गरि दुई सय ११ केन्द्र तोकिएको सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहरालेजानकारी दिएका छन् ।
एसईई परिक्षाका लागि केन्द्राध्यक्ष दुई सय ११, सहायक केन्द्राअध्यक्ष तीन सय ७४ तोकिएको उनले बताए।निरीक्षक दुई हजार ७ सय ४३ र सहायक कर्मचारी पाँच सय ५५ तोकिएको छ। एक परिक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ प्रहरी परिचालन हुने उनले बताए। साथै विद्यार्थी सहयोगी एक हजार ९५ गरेर कुल ८ हजार एक सय ४३ कर्मचारी परिचालित हुनेछन्।
सबैभन्दा बढी कैलालीबाट १८ हजार ७ सय २० परिक्षार्थी एसईईमा सहभागि हुँदैछन्। कञ्चनपुरबाट १० हजार तीन सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९ सय ५० विद्यार्थीले एसईई परिक्षा दिने भएका छन्।
त्यस्तै बझाङबाट चार हजार तीन सय ८०, डोटीबाट तीन हजार दुई सय ९७, बाजुराबाट दुई हजार ९ सय ३४, दार्चुलाबाट दुई हजार ७ सय ५० र डडेल्धुराबाट दुई हजार पाँच सय ५७ विद्यार्थी परिक्षामा सहभागि हुँदैछन्।परिक्षा केन्द्र गत वर्षभन्दा यस वर्ष तीनवटा बढेका छन्।
गत वर्ष परिक्षा केन्द्र दुई सय ८ थिए भने यस दुई सय ११ तोकिएको छ। यस वर्ष दुईवटा कञ्चनपुर र एउटा बझाङमा थप केन्द्र तोकिएको छ। परिक्षा पनि नयाँ पाठ्यक्रमअनुसार हुने निर्देशनालयका सूचना अधिकारी बोहराले बताए।
उनका अनुसार पहिला ८ सय पूर्णाङ्कको हुन्थ्यो भने अहिले ७ सयको हुनेछ। प्राविधिक धारतर्फ पनि पहिला १० विषय हुन्थ्यो भने अहिले ९ विषय छन्।
Discussion about this post