बेलडाँडी । ३ महिना भन्दा बढी समय देखि ‘ब्लड क्यान्सर’बाट पीडित बेलडाँडी गाउँपालिका वडा नं.२ का १४ वर्षीय सम्राट थापाको उपचारका लागि भारतको म्याङ्लोरमा बेलडाँडीका युवा समाजसेवी तथा देउडीया पदम खडकाले संकलन गरेको रकम पिडितकी आमा लीला थापाको खातामा ट्रान्सफर गरिएको छ ।
म्याङ्लोरमा बस्दै आएका खडकाले थापा बचाउ अभियान चालि जम्मा भएको ८५ हजार ५० रू नेपाली ट्रान्सफर गरिएको समाजसेवी खडकाले बताउनु भयो ।
उहाँका अनुसार “अरूको दुःख कष्ट पिडालाई आफ्नो दुःख सम्झेर पिडितको लागि हामीले चलाएको अभियानलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्नु हुने सम्पूर्ण भगवान रुपी दाजुभाई दिदीबहिनी इष्टमित्रहरु लाई धन्यवाद व्यक्त गरेका छन् ।”
४ महिना भन्दा बढी समय देखि थला परेका थापाको उपचार वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । आर्थिक स्थिति एकदमै नाजुक रहेकोले सबैपक्षबाट सहयोगको ठुलो अपेक्षा गरेकी छिन् ।
सहयोग गर्न चाहानु हुनेले लीला थापा अथवा अर्जुन थापाको मोवाईल नम्बर संपर्क नं 9848751245/9810729170 मा फोन गर्न सक्नु हुने छ । साथै सहयोग गर्नेले NMB Bank बेलडाँडी शाखाको खाता नं. 1180181443200012 मा लीला थापाको बचत खातामा सिधै रकम सहयोग गर्न सकिनेछ ।
Discussion about this post