कञ्चनपुर, १३ चैत्र । नेकपा एमाले कञ्चनपुरको ९ औँ अधिवेशन सम्पन्न भएको छ । १ चैत्रदेखि शुरुवात भएको एमाले कञ्चनपुरकोे अधिवेशन सम्पन्न भएको हो । यस पटक नेतृत्व, पदाधिकारी सहित जिल्ला सदस्य सहमतिय आधारमा टुङग्याईएको छ ।
एमाले जिल्ला सदस्यमा चयन भएका अधिकाँस एमाले पृष्टभूमि केही पुर्व माओवादी र समाजवादीबाट फर्किएका नेता कार्यकर्ता नै छन । लेखा समिति, पदाधिकारी सहित १ सय १६ जिल्ला सदस्य मध्ये एक नाम हो । लाल बहादुर धानुक(लोकेश)कोे फरक परिचय छ ।
लोकेश पुर्व माओवादी पृष्टभूमिका मात्रै नभई माओवादी नेतृत्वमा शुरु भएको १० बर्षे जनयुद्धका कमाण्डर हुन । अहिले लोकेश एमाले जिल्ला सदस्यमा चयन भएका छन ।
उनी बेदकोट नगरको भूगोल खुलाबाट जिल्ला सदस्यमा चयन भएका हुन । बेदकोट नगरबाट चार खुला २ महिला सहित ६ मध्ये लोकेश पनि छनौट भएका छन । लोकेशले ०७८सालमा नेपाली सेनामा समायोजन नभई घर आएर कृषिसगै माओवादी राजनीतिमै होमिएका थिए ।
०७५ सालमा नेकपा माअोवादी र नेकपा एमालेविच एकता भएपछि बनेको नेकपा ०७७मा अदालतको फैसलाले दुवै पाटीलाई अलग अलग अस्थित्वमा फैसला गरेपनि लोेकेश एमालेतिरै लागेका थिए । उनले आफुलाई पाईएको जिम्मेबारी निर्भकिताका साथ पुरा गर्ने बताए ।
‘हिजोका दिनमा हामीले थुप्रै चुनौतीका विचपनि जनताकै सेवा गरियो, अहिले पनि जनताकै सेवा गर्छु, ‘उनले भने, ‘विगत र अहिलेको पाटी फरक भएपनि काम भने जनताकै लागि गर्ने हो ।’
पुर्व जनसेना कमाण्डर लोकेशले पाटी छाडेर अन्य पाटीमा जानु माओवादीका लागि चिन्ता भएपनि पुर्व कमाण्डर पाउनु एमालेका लागि सुखत विषय भएको राजनीतिक जानकारहरुको भनाई छ ।
Discussion about this post