नेपालको राष्ट्रिय बहाई समुदायद्धारा सभ्यताको बिकासमा नेतृत्व वर्गको भुमिका विषयक दिल्लीमा संवाद आयोजना, कञ्चनपुर क्षेत्र नम्बर १ का विशिष्ट व्यक्तिहरुको सहभागीता

कञ्चनपुर । नेपालको बहाई समुदायले कञ्चनपुरका क्षेत्र नम्बर १अन्तर्गतका ४ पालिकाका विशिष्ट व्याक्तिहरु सँग भारतको राजधानी दिल्लीमा अवलोकन भ्रमण सहितको सभ्यताको बिकासमा नेतृत्व वर्गको भुमिका विषयक ३ दिने संवाद कार्यक्रम सम्पन्न भएको छ ।

 

विभिन्न पालिकामा प्रत्येक वर्ष पालिका स्तरीय संवादको आयोजना गरिरहेको राष्ट्रिय बहाई समुदायले यस पटक भने दिल्ली स्थित बहाई उपासना मन्दीरमा यस प्रकारको संवादको आयोजना गरेको हो।

स्वतन्त्र धर्मको रुपमा विश्वमा परिचित बहाई समुदायले शैक्षिक, समाजिक, राजनितिक विकासका साथै आध्यात्मक विषयमा अवलोकन गराएको बहाई समाजका एसिया महाद्विपीय सल्लाहकार यम प्रसाद आचार्यले जानकारी गराउनु भयो ।

उहाँका अनुसार दिल्लीमा सरकारी विद्यालयले कसरी गुणस्तरिय शिक्षा प्रदान गरिरहेका छन त्यसका लागि त्यँहाका सरकारी विद्यालयहरुको भ्रमण गर्नुका साथै संसारको सबै भन्दा बढी विद्यार्थी भएको सिटी मन्टेश्वरी लखनऊका मेनेजिङ डाइरेक्टर डा. गिता गान्धीसंग अनुभव आदान प्रदान लगायत शिक्षा क्षेत्रमा ल्याउन सकिने आमुल परिवर्तनका बिषयमा पहिलो दिन संवाद गरिएको बताउनु भयो ।

त्यसरी नै दोस्रो दिन नेतृत्व वर्गले परामर्शको माध्यमबाट कसरी बिचारको एकता, उदेश्य तथा लक्ष्यको एकता र कार्यको एकता प्राप्त गरी समाजको बिकास सर्वव्यापि सहभागीता जुटाउन सकिन्छ भन्ने बिषयमा र अर्को दिन समुन्नत समाज निर्माण सबैको भुमिका तथा बिकासको अवधारणाका बारेको आम बुझाईका साथै चुनावी प्रक्रियाको पवित्रताका बिषयमा संवाद गरीएको थियो।

उनले यी दिनहरूमा विकासको अवधारणालाई नजिक बाट केलाउन भारतीको संसदीय व्यवस्था, राष्ट्रपति भवनको अवलोकन, तथा बिकासका अन्य महत्त्वपूर्ण स्थलहरुको समेत अवलोकन भ्रमण गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागिहरुले कार्यक्रम फलदायी भएको बताए । बेलौरी नगरपालिकाका उप-प्रमुख जोगराम चौधरीका अनुसार कार्यक्रमले नेपाली शिक्षा र समाज रुपान्तरणमा टेवा पुर्याउने बताउनु भयो । कार्यक्रमले हाम्रा बिचार फरक भएपनि, आस्था फरक भएपनि समाज हामि सबैको साझा भएकाले समुन्नत समाज निर्माण गर्ने अभियानलाई कसरी साझा गराउने भन्ने कुरामा जोड दिएको बताउदै मानव एकता, समाज एकतामा विशेष जोड दिइएको जनाए ।

 

यस्तै बेलडाँडी गाउँपालिका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष गज बहादुर बिष्टले भने “समाज होस् या राजनिति होस् आफुबाट सुधार गर्यो भने सुधार भएर जाने बताउनु भयो ।” दिल्लीको भ्रमणले आफुहरुलाई ठुलो पाठ सिकाएको वहाँले बताउदै आ–आफ्नो ठाउँमा सबैपक्षले सकारात्मक परिवर्तनका लागि लाग्नु पर्नेमा जोड दिनु भयो ।

लालझाडी गाउँपालिका प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष आशाराम रानाका अनुसार भौतिक र आध्यात्मिकलाई संगसंगै लैजान सक्यो भने समाज परिवर्तन गर्नमा कुनै समय नलाग्ने बताउनु भयो ।

दिल्ली स्थित सर्वोदय विद्यालय (रानी दुर्गावती)मा अवलोकनका क्रममा विद्यालयले पढ्दै सिक्दै कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउदै यस्तै शिक्षामा आफूहरुले समेत जोडदिनुपर्ने जनाए । “यस्तै पुनर्वास नगरपालिका वडा नं.३ का अध्यक्ष कृष्ण तामाङले बहाई समुदायले ल्याएको सकारात्क सन्देश मूलक भ्रमण तथा अन्तरकृयाले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनु भयो ।”

उनले भने शुरुमा कार्यक्रम सामान्य होला सोचेको थिए तर कार्यक्रम अत्यन्तै सन्देश मुलक रहेछ सु-संस्कारका लागि यस कार्यक्रमले ठुलो टेवा पुर्याउने बताउनु भयो ।

बहाई धर्म ईश्वरीय एउटा विश्व धर्म तथा स्वतन्त्र धर्मको रुपमा विश्वमा परिचित धर्म हो । आज बहाई धर्म विश्वब्यापी आन्दोलन बन्न पुगेको छ । संसारभर छरिएररहेका लाखौं अनुयायीहरूलाई समेट्न अगाडी बढिरहेको यो धर्मले समाज रुपान्तरणका लागि विभिन्न सन्देश मूलक कार्यक्रम गर्दै आएको छ ।

यस धर्मको सिद्धान्तले विश्वशान्तिमा विशेष बल पुगेको छ । बहाई धर्मको मत अनुसार यसको अन्तिम उद्देश्य संसारमा प्रभावकारी आध्यात्मिक एकता स्थापना गरी समाजलाई सकारात्मक बाटोमा डोर्याउनु रहेको देखिन्छ ।

यस धर्मको मूल सिद्घान्त ईश्वर एक छन, सबै धर्म एउटै ईश्वर बाट आएका हुन, धर्म बिच एकता, मानवजाति बिच एकता, विश्व शान्ति, महिला पुरुष बिच समानता, चरम धनि र चरम गरिव बिचको खाडलको अन्त्य, धर्म र विज्ञान बिच सामंजस्यता लगाएत विश्वव्यापी शिक्षा हो ।

हरेक विहान सूर्य उदाउँछ र विस्तारै त्यो आफ्नो सर्वोच्च विन्दुमा पुग्छ र त्यसपछि त्यो नअस्ताउनजेलसम्म तल तल झर्दछ । पृथ्वीको सतहबाट सूर्य नदेखिने भएपछि सबै कुराहरू अन्धकारमा ढाकिन्छन् । जब संसारका सबै बत्तिहरूले अन्धकारलाई हटाउने नसक्ने हुन्छन् तब फेरि उही सुन्दर, गौरवमय सूर्य उदाउँछ ।

ठूल्ठूला धर्महरूमा पनि यस्तै हुन्छ । त्यसैगरी कृष्ण, बुद्ध, क्राइष्ट, मुहम्मद र बहाउल्लाह जस्ता अवतारहरू भिन्नाभिन्नै समयमा प्रकट भएका सूर्य जस्तै हुन्, तर सबै एउटै स्रोतबाट आएका हुन् । यो नै प्रगतिशील प्रकटीकरण हो । त्यसैगरी यसले एक ईश्वर, धर्महरूको एकता र मानव एकतालाई आफ्नो मुल आदर्श मानेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित