बेलडाँडीमा वन्यजन्तुको आनिबानी तथा व्यवहार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न (भिडियो सहित)

बेलडाँडी – मानव र बन्यजन्तु बीच द्वन्द्व न्यूनिकरणका लागि बेलडाँडीमा वन्यजन्तुको आनिबानी तथा व्यवहार सम्वन्धी सचेतना तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । सनिवार मानव र वन्यजन्तु बीचको द्धन्द्ध न्यूनिकरणका लागि कालिकिच उपभोक्ता समितिको आयोजना तराई भू परिधि कार्यक्रम (ताल) को सहयोमा बेलडाँडी गाउँपालिका वडा नं.२ कालिकिच उपभोक्ता समितिको सभा हलमा कार्यक्रम सम्पन्न गरिएको समितिका अध्यक्ष भीम बहादुर थापाले जानकारी गराउनु भयो ।

उहाँका अनुसार वन्यजन्तुको संरक्षण र मानव बस्तीको समेत संरक्षण हुने गरि वन्यजन्तुको आनिबानी र मान्छेले परिर्वतन गुर्नपर्ने व्यवहाराका विषयमा अभिमुखीकरण गराइएको बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय प्राकृति संरक्षण कोषका बरिष्ट वन्यजन्तु प्राविधिक सुमन मल्लका अनुसार हात्ती आवत जावत गर्नेरुटमा मानव बस्ती भएकाले रुटअवरुद्धका कारण बेला बेला हात्ती बस्ती पस्ने गरेको बताउदै जंगली जनावरलाई प्रयाप्त मात्रामा खानेकुरा नपाइने हुदा गाउँ बस्तिमा जनावर पसेपछि बन्यजन्तु र मानब बीच तनाब बढेको बताउनु भयो । उनले भने मानव र वन्यजन्तु द्धन्द्ध न्यूनिकरणका लागि जंगल किनारका किसानले खेतीबाली परिर्वतन गर्नुपर्नेमा जोड दिदै समय अनुसार व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिुन भयो ।


त्यस्तै, कार्यक्रमलाई सहजिकरण गर्दै बेलडाँडी रेजन्जर पोष्टका रेन्जर पुरन देव मिश्रले मानव वन्यजन्तुको द्धन्द्धको अवस्था र गैडा, बाघ, हात्ती लगायतले आक्रमण गर्ने अवस्थाका साथै यी बाट बच्ने उपायका बारेमा बताउनु भयो । उनले जंगली जनावरले पुर्याएको क्षतिका कारण पाउने राहत स्वरुप सुविधाका बारेमा समेत प्रष्ट पार्नु भयो ।

कार्यक्रममा सहभागिहरुले वन्यजन्तुका कारण हुन सक्ने मानविय तथा बालिनाली क्षति न्यूनिकरण गर्नका लागि सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो । बन्यजन्तु गाउँ बस्तीमा प्रवेश गर्नु भन्दा पहिले नै सचेत गराउन वन कार्यालय र वनसँग सरोकार राख्ने निकाय तयारी अबस्थामा हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बेलडाँडी रेन्जर पोष्टका रेन्जर पुरन देव मिश्र र राष्ट्रिय प्राकृति संरक्षण कोषका बरिष्ट वन्यजन्तु प्राविधिक सुमन मल्लले वन्यजन्तुको आनिबानी तथा व्यवहार सम्वन्धी सचेतना तथा अभिमुखिकरण गराउनु भएको थियो । यसै बीच समुहहरुलाई बस्ती पसेका जंगली जनावर भगाउनका लागि साइरन र ठुलो टर्चलाईट समेत वितरण गरेको समितिले जनाएको छ ।


अभिमुखीकरण कार्यक्रममा कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापा तथा पदाधिकारीहरु, कालिकिच उपभोक्ता समिति अन्र्तगतका विभिन्न समुहका प्रतिनिधीहरु, बेलडाँडी रेन्जर पोष्टका रेन्जर, राष्ट्रिय प्राकृति संरक्षण कोषका बरिष्ट वन्यजन्तु प्राविधिक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

भिडियो सहित..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित