सेवानिवृत्त राष्ट्र सेवक संघ कञ्चनपुरको अध्यक्षमा कार्की

कञ्चनपुर, चैत्र २० । नेकपा एमाले निकट पेशागत महासंघ नेपालको घटक संस्था सेवानिवृत्त राष्ट्र सेवक संघ नेपाल कञ्चनपुरको अध्यक्षमा शेरसिह कार्की चयन भएका छन ।

 

सोमबार महेन्द्रनगरमा सम्पन्न भएको राष्ट्र सेवक संघ नेपाल कञ्चनपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा कार्की चयन भएका हुन । पेशागत महासंघ नेपाल कञ्चनपुरका सचिव तिकलराज जोशीले सहमतीमा कार्य समिति चयन गरिएको बताए ।

 

उनका अनुुसार उपाध्यक्षमा गणेश धामी, सचिव मदन राम एस्के, कोषाध्यक्ष सहबीर महतरा चयन भएका छन् । समितिमा शारदा क्षेत्री, तारादत्त भट्ट, चुडामणी कलौनी, काशी सार्की र धर्म भाट सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित