कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापनका लागि बम आयोगको प्रतिवेदन कार्यान्वयन गर्न संसद लामाको माग

कञ्चनपुर, चैत्र २१ । प्रतिनिधी सभा सदस्य (ससद) तारालामा तामाङ्गले कञ्चनपुरका आरक्षपीडितको पुर्नस्थापनाका लागि सुरेन्द्र बम नेतृत्वको आयोगले ल्याएको प्रतिवेदन कार्यान्वय गर्न माग अघि सारेका छन ।

बुधबार प्रतिनिधी सभाको बैठकमा निर्वाचन क्षेत्र १कञ्चनपुरबाट निर्वाचित संसद तामाङ्गले आरक्षपीडितको पुर्नस्थापनका लागि बम नेतृत्वको आयोगले ल्याएको प्रतिवेदन कार्यान्वय गर्न माग अघि सारेका हुन ।

 

हुलाकी सडक निर्माण कार्य ढिलासुस्ती र बषौँदेखि पुर्नस्थापनाको पखाईमा रहेका आरक्षपीडितका समस्या बारे विषय उठान गरेका छन ।

सरकारले ०७८ मा सुरेन्द्र बमको नेतृत्वमा ३० औँ आयोग बनाएको थियो। ‘बम आयोगले जग्गा पहिचान गरेको थियो र नगद राहतका लागि पनि प्याकेज सिफारिस गरेको थियो,’ उनले भने,‘ सरकारले कार्यान्वयन गरेन ।’

त्यसपछि फेरि ३१ आयोग गठन भएर म्याद सकियो। त्यसपछि गत माघमा मात्र पूर्वन्यायाधीश राजेन्द्र सुवेदीको नेतृत्वमा न्याययिक आयोग बनाइएको थियो । ‘तर, यो आयोगलाई कुनै स्रोत साधन नदिएकाले काम गर्न सकिन्न भनेर वन मन्त्रालयमा लिखित जानकारी दिनुभएको छ,’ तामाङले भने, ‘सुविधासम्पन्न बनाएर सरकारले अख्तियारी दिओस् र अर्थ मन्त्रालयले बजेट उपलब्ध गराओस ’सांसद तामाङले न्यायिक आयोगलाई स्रोतसम्पन्न बनाएर पठाइ आरक्षपीडितको समस्या समाधान गर्नुपर्ने बताए।

मध्यवर्ती क्षेत्रका जनताले भोगेको समस्याबारे पनि उनले संसदबाट सरकारको ध्यानाकर्षण गराए। ‘मध्यवर्ती क्षेत्रमा २ वटा कानुन छन्। बाटो, खोलानालामा सिज गर्ने र असुविधा भइरहेको छ,’ उनले भने, ‘मध्यवर्ती क्षेत्र हुनुभन्दा नहुनु राम्रो खारेज गर्नुपर्छ भनेर जनताले भनिरहेका छन्। जनतालाई दुख दिएर राख्न भएन।’

उनले हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्नुपर्ने बताए। साथै, सरकारले लगानी भित्रयाउने भनिरे पनि कञ्चनपुरमा रहेका महाकाली र भागेश्वरी चिनी मिलमा जाने सडक नहुँदा उखु किसानलाई समस्या भइरहेको बताए।
सांसद तामाङले ३२ आयोग बनाउँदा पनि शुक्लाफाँटा आरक्षपीडितको पुनस्र्थापना भएन, अब कति आयोग बन्छ ?भन्दै प्रशन गरेका छन ।

एमाले सांसद तारा लामा तामाङले कञ्चनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनस्र्थापनाको माग गरेका छन ।

विस्थापित भएको चार दशकमा सरकारले पुनस्र्थापनाका लागि ३२ वटा आयोग बनाउँदाससम्म समस्या समाधान नभएपछि कञ्चनपुरबाट निर्वाचित सांसद तामाङले ‘सांसदले एउटा विषयमा कति पटक प्रश्न सोध्न पाउछ ? भनेर आक्रोशसमेत व्यक्त गरे।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उनले भने, ‘जनताको प्रतिनिधिको हैसियतले बारम्बार आवाज उठाइरहँदा सम्बोधन भएको छैन। आरक्ष बनाउने नाममा जनतालाई विस्थापित गरेर वन्यजन्तु आरक्ष हुँदै निकुञ्ज बनेको छ। योबीचमा ३२ वटा आयोग बनिसकेका छन तर, समस्या निराकरण भएका छैनन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित