कैलाली:
कैलाली सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको छ ।
मृतकका आफन्त मनीषा चौधरीका अनुसार चैत १५ गते घरको बिरालोले डंगौराको खुट्टामा नङले कोपरेको थियो । केही भइहाल्छ कि भनेर उनी रेबिज विरुद्धको सुई लगाइन् । गत आइतबार १८ गते रेबिज विरुद्धको दोस्रो डोजको सुई लगाउन पनि उनी आफै अस्पताल पुगेकी थिइन् ।
डाक्टरले सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै डंगौराले बहिनीलाई फोन गरिन् । उनको बहिनी अस्पताल नपुग्दै उनलाई भेन्टिलेटरमा राखिसकेको मनीषा बताउँछिन् ।अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेको छ । तर मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।
मनीषाले भनिन्, ‘आफै हिँडेर सुई लगाउन आएको मान्छेको ज्यान जानु भनेको अचम्मको कुरा छ । ठुलो घाउ वा चोट पनि थिएन । दिदीले हामीलाई पटक पटक केही कुरा बताउन खोज्दा पनि नर्सहरूले हामीलाई बताउन समेत दिएनन् । यो सरासर अस्पतालको लापरबाही हो ।
हामी शव बुझ्न सक्दैनौ ।’सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका छ । तर विरलैमा यो समस्या देखिने उनको भनाइ छ । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको भनाइ छ । रातोपाटी साभार
Discussion about this post