धन सिंह धामी/महेन्द्रनगर २७ चैत । कञ्चनपुर महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा नाक, नाक र घाँटीका बिरामीको सफल उपचार भईरहेको छ । भीमदत्त नगरपालिका –१८ महेन्द्रनगरमा रहेको अस्पतालमा नाक, नाक र घाँटीका बिरामीको पनि सफल उपचार भईरहेको हो ।
थाईराईडका विरामी ईश्वरी बिष्टको नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार हुन नसकेपछि महाकाली प्रादेशिक अस्पतालमा सल्यक्रियाबाट डा. प्रशान्त भट्टले उपचार गराउन सफल भएका छन ।
महाकाली प्रादेशिक अस्पतालमा विगतमा नाक,कान घाटिका विरामीहरुको सामान्य उपचार गर्न सफल भएका थिए भने डा.प्रशान्त भट्ट आएपछि उनको टिमले थाईराईडको विरामीको जटिल समस्यालाई सफता पूर्वक उपचार गर्न सफल भएका छन ।
डा. भट्टले नाक, कान र घाटीको एलर्जी, पिनास सहितका विवित समस्या लिएर बिरामी आउने गरेको बताए ।
केही समयअघि नाक,कान घाटिका सामान्य समस्य बाहेकका विरामी बाहिर जाने गरे पनि अहिले आएर उहाँको टिमले यस्ता जटिल समस्य रहेका विरामीको सफल उपचार गरेपछि अव उपरान्त यहि बाट सेवा प्रदान हुने बताएका छन ।
गतबर्ष र्याल गन्थी,टनसिल, कानको सर्जरी लगायतका समस्याको सफल उपचार गरी सकेको र अहिले यस्ता जटिल विरामीको सफल उपचार गरेको डा. भट्टले बताएका छन ।
भीमदत्त नगरपालिका–१ बस्ने ईश्वरी बिष्टले आफ्नो थाईराईडको सफल उपचार भएपछि खुसी व्यक्त गर्दै अस्पताल टिमलाई धन्यवाद दिएकि छन । भारत तथा नेपालको विभिन्न ठाँउमा आफ्नो समस्यालाई देखाएपछि कहि उपचार हुन नसके पछि डा. प्रशान्त भट्टले उपचार गरेको बिष्टले बताईन ।
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले पहिलो पटक थाईराईडको सल्यक्रियाबाट उपचार गर्न सफल भएपछि सेवा ग्राहिहरुलाई अस्पतालमा आएर सेवा लिन आग्रह गरेका छन । नेपाल तथा भारतका विभिन्न ठाँउमा उपचारको लागि जाने विरामीहरुलाई सुलभ् खर्चमा यहि आएर सेवा लिन अनुरोध गरेका हुन ।
Discussion about this post