आठ दशकमा कञ्चनपुरका डगौरा(चौधरी)को कुलपुजा

कञ्चनपुर, चैत्र २८ । कञ्चनपुरका डगौरा(चौधरी) थारु समुदायले झण्डै आठ दशकमा कुलपुजा गरेका छन । हरेक एक दशमा कुल पुजा गर्दै आएका डगौरा(चौधरी) थारु समुदायले ८० बर्षको अवधिमा कुलपुजा गरेका हुन ।

बेदकोट नगरपालिका ९ लालपुर गाँउमा डगौरा(चौधरी)का गोत्यारले बुधबार कुल पुजा गरेका छन । थारु समुदायका अगुवा धिरेन्द्र डगौराले हरेक १० बर्षमा कुल पुजा गर्दै आएपनि विवित कारणले रोकिएको कुलपुजा ०८०सालमा आएर गर्न पाएको बताए ।

धार्मिक दृष्ट्रिकोण, दैविक अलौकिक महत्व रहेको कुलपुजालाई बर्का पुजाकै रुपमा पुजन गरिएको उनले बताए । लोकल कुखुरा, बोका, राँगो धार्मिक परम्परा अनुरुप कुल देउतामा चढाएर पुजा गर्दै आएको उनले बताए ।

त्रिशुल, झण्डाm सुनको साता बनाएर भित्र पुजा गरेर प्रशाद ग्रहण गर्दै आएको बताए । कैलाश पर्वतमा बस्ने देवी देउतालाई मनाउँदै बालबच्चादेखि घर परिवारका सदस्यलाई सुरक्षा सुख, शान्ति सम्बृद्धिका लागि पुजा गर्दै आएको बताए । डगौरा(चौधरी)का पुजारी रुन्चे चौधरीले घरको मुल पुजाकै रुपमा धुमधामका साथ पुजा गर्दै आएको बताए ।

कैलाश पर्वतमा रहेका देवीदेवतालाई सुखी पार्दै मानवको सुरक्षाका लागि पुजा गर्दै आएको बताए । ‘घरका सदस्यको उच्च सुरक्षा र सम्बृद्धिको कामनाका लागि हामीले कुलपुजा गर्दै आएका छौँ, ‘उनले भने, ‘पित्रलाई प्रशाद छुट्टाएर पछि हामीहरु उपभोग गर्दै आएका छौँ ।’

थारु समुदायकी अगुवा जगतपती डगौराले उत्सवकै रुपमा कुल पुजा गरेर मानवको बृद्धि विकासको कामना गर्दै आएको बताईन । गाँउमा ढिलै भएपनि कुल पुजन भएपछि डगौरा थारु समुदाय हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित