कञ्चनपुरका पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आज साझ देखि ७ गते सम्मका लागि बन्दहुदै

कञ्चनपुर । कञ्चनपुरका पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आज साझ देखि ७ गते सम्मका लागि बन्द हुने जनाइएको छ । छिमेकी राष्ट्र भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान यही बैशाख ०७ गते अर्थात् १९ अप्रिलका दिन हुने भएकोले सोही सन्दर्भमा यही बैशाख ०४ गते बेलुकी ५ः१५ बजेदेखि बैशाख ०७ गते मतदान समाप्ति हुँदासम्म कञ्चनपुरका पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

नेपाल–भारत सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा (मेडिकल इमरजेन्सी) बाहेक पूर्ण रूपमा बन्द रहने भनी जिला मजिष्ट्रेट, चम्पावत, भारतको पत्र मार्फत जानकारी प्राप्त भएको हुँदा उल्लेखित अवधिभर चम्पावत जिल्लासँग जोडिएका ती दुवै नाकाहरू बन्द रहने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्धारा हस्ताक्षर गरेको सुचना पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित