धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शपथ लिएका हुन ।
आज बिहीबार साँझ नै मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणका दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मक्ति पार्टी लगाएतका २७ जनाले समर्थन गरेका छन ।
उनलाई एमाले र माओवादीका १०।१०, समाजवादीका चार, नागरीक उन्मुक्तिका सात जना सांसद भएपनि दुई जना र एक जना स्वतन्त्र सांसदको सर्मथन छ । सो संख्या सुदूपश्चिम प्रदेश सभाको बहुमत हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए।
Discussion about this post