पुर्व सांसद जोशीले नाती नातिनीलाई सरकारी विद्यालयमा भर्ना गरे

भीमदत्तनगर – कञ्चनपुरका एक पुर्व सासदले आफ्ना नाती, नातिनीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन । सुदूरपश्चिम प्रदेश सभा सदस्य(पुर्व सासंद महेश दत्त जोशीले आफ्ना नाती, नातिनीलाई सरकारी विद्यालयमा भर्ना गराएका हुन ।

कृष्णपुर नगरपालिका २वाणि कञ्चनपुर बस्ने पुर्व संसद जोशीले एक नाती, दुई नातिनीलाई बोडिङ्गबाट छुटाएर सामुदायिक सरस्वती माध्यामिक विद्यालयमा भर्ना गराएका हुन ।

सोमबार जेठी नातिनी अनुष्का जोशीलाई कक्षा ८, आयुसा जोशीलाई कक्षा ६ र नाती जिवन जोशीलाई कक्षा ४मा भर्ना गराएको विद्यालयले जनाएको छ । सरस्वती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुर्व सांसद एव समाजसेवी जोशीले सामुदायिक विद्यालयको स्तरबृद्धिका लागि सरोकारवाला सबैले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाहमा जोडदिएका छन ।

हजारौँ रकम खर्चिएर बोडिङ्ग पढाउने सार्मथ्य हुँदाहुँदै पनि संसद जोशीले आफ्ना नाती नातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको भन्दै स्थानीय नागरिक समाजले प्रसंसा गरेका छन ।

नेकपा माअ‍ोवादी केन्द्रका नेता समेत रहेका जोशीले समाज सुधार र परिर्वतन अरुबाट नभई आफैबाट गर्नुपर्छ भन्ने उदाहरण देखाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित