नेपालभरका पालिकाका गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं बालेन शाह

नेपालभरका पालिकाका गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं स् बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल भरीका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकहरुलाई उपचार गराउने भएको छ ।

महानगरका मेयर बालेन शाहले आइतबार फेसबुकमा एक पोस्ट लेख्दै बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न र असहायको सिफारिस लिएर आए महानगरले निस्शुल्क उपचार गराउने जानकारी गराउनु भएको हो ।महानगरपालिकामा ५२ अस्पतालका ३७४ बेड रहेको र ती अस्पतालमा गरिब र असाहय बिरामीको आवश्यकता अनुसार निस्शुल्क उपचार उहाँले जानकारी गराउनु भएको छ ।

नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला उहाँले लेख्नुभएको छ, हामीसँग ५२ अस्पतालका ३७४ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निस्शुल्क उपचार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित