इलाम–२ मा नेकपा एमालेका सुहाङ निर्वाचित, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (प्राप्त मतसहित)

इलाम । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर ५ हजार ८३० मत रह्यो ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए भने रास्वपासहित १६ जना उम्मेदवारले आफ्नो जमानत समेत बचाउन सकेनन् । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका उम्मेदवार मिलन लिम्बुसहित अन्य १६ उम्मेदवारले सो बराबर मत ल्याउन असफल भए ।

इलाम २ मा सदर मत ६८ हजार ४७२ हो भने जमानत जोगाउन कम्तीमा ६ हजार ४ मत ल्याउनुपर्ने हुन्छ । रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मतमात्रै पाए । यस्तै एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी, नेमकिपा, राप्रपा नेपालका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भयो । जसअनुसार कांग्रेस उम्मेदवार डम्बर खड्का र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुको मात्रै जमानत जोगियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित