प्रदेश सदस्य बिष्टको पहलमा यसै महिना भित्र कञ्चनपुरका बाँकी उखु किसानहरुले अनुदान रकम पाउदै

बेलडाँडी । कञ्चनपुरमा आधा भन्दा बढी उखु किसान सरकारी अनुदानबाट वञ्चित भएका थिए । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका थिएनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको थियो । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदान बापतको रकम उपलब्ध गराएपनि विभिन्न प्रक्रिया नपुगेको भन्दै आधा भन्दा बढी किसान अनुदानबाट वञ्चित भएका थिए ।

कञ्चनपुर क्षेत्र नं.१ ख बाट निर्वाचित प्रदेश सदस्य दिवान सिंह बिष्टको पहलमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दुई पटक बैठक बस्यो पहिलो बैठकले बैशाख १५ गते भित्र किसानको खातामा अनुदान बाफतको रकम हलिसक्ने छलफल भयो तर भने अनुसारको समयमा अनुदान नहालिएपछि फेरी आज १८ गते मंगलवार पुनः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा यसै विषयमा छलफल भयो । छलफलमा रोकिएको कार्य तुरुन्त अगाडी बढाई यसै महिना भित्र बाकी रहेका उखु किसानको खातामा अनुदान रकम दाखिला गर्ने सहमति भएको प्रदेश सदस्य बिष्टले पश्चिम समाचार डटकमलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानले पाउनुपर्ने सो अनुदान रकम प्राविधिक कारण जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयमा थन्किएको जनाउदै उक्त समस्या तुरुन्त समाधान गरि किसानलाई तुरुन्त अनुदान उपलब्ध गराउने सहमति भएको जनाए ।’ उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसानहरु समस्यामा परेको भन्दै बारम्वार ताकेता गरेको जनाए ।’

छलफलमा उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरी, लगायतका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो । सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल रु ७० पु¥याइयो थियो । त्यति बेला उक्त दुई उद्योगले नेपाली किसानको २६ लाख ६६ हजार ४८ क्विन्टल उखु क्रसिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित