बेलडाँडीको सिमसार क्षेत्रमा ड्रिन निर्माणको कार्य अघि बढ्यो्

बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको अधिकांस भु-भाग महाकाली सिचाईका कारण सिमसारमा परिणत भएको थियो ।

सिमसारका कारण बेलडाँडीको सयौं विघा जमिन प्रयोग विहिन भएका बेला महाकालि सिचाई जल उपभोक्ता संघ केन्द्रिय समितिको पहलमा ड्रिन निर्माणको कार्य सोमवार देखि अघि बढेको छ ।

जल उपभोक्ता संघ केन्द्रिय समितिका अध्यक्ष भिम बहादुर थापाको पहलमा कमरी शाखा नहर देखि झरनासागर सम्म लगभग २३ सय मिटर ड्रिन निर्माणको कार्य अघि बढेको समितिका अध्यक्ष थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार ३० बर्ष भन्दा बढी यो क्षेत्र सिमसारमा परिणत भएको थियो र यहाँका किसानको त्यति बेला देखि खेत प्रयोग बिहिन बन्दै गएको जनाए । ड्रिन खोल्नका लागि कहिले केहि समस्या हुने कहिले ड्रिन खोल्न रोक लगाउने भएकाले यस पालि सबै किसानको सहमतिमा ड्रिन खुल्न लागेको उहाँले बताउनु भयो ।


नहर चुहिएर करिब एक हजार ५ सय बिघा जति खेतीयोग्य जमिन सिमसार र दलदलमा परिणत हुँदा सयौँ परिवार प्रभावित छन् । जग्गा कमाइरहेका धेरैसँग त्यसको स्वामित्व छैन । रोजगारी खोज्दै यहाँका अधिकांश युवा भारत पस्न बाध्य भएका छन् ।

ड्रिन सफाई भयो भने यहाँ पानी रोकिदैन पानी नरोकिए सिमसार नहुने उपभोक्ता समितिका पदाधिकारीहरुको विश्लेषण छ । पानी जम्न नपाए यहाँको खेत प्रयोगमा आउने उनीहरु बताउछन् । ३० बर्ष पछि ड्रिन निर्माणका कार्य शुरु भएपछि यहाँका स्थानीयहरु हर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित