कञ्चनपुर, बैशाख २३ । कञ्चनपुरको दक्षिणी क्षेत्र सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरुलाई विभिन्न बहानाबाजी गरेर फसाउन थालेपछि बेलौरी नगरका मेयर पोतिलाल चौधरीले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डिआईजी) रविन्द्र केसीलाई भेटेका छन ।
आइबार मेयर चौधरीले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डिआईजी) रविन्द्र केसीलाई भेटेका हुन । भेटमा मेयर चौधरीले विभिन्न काममका लागि बेलौरी सहित बेलडाँडी, पुनर्वास, लालझाडी लगायतका जिल्लाका नेपाली भारतीय बजारमा जाने र त्यहाँ भारतीय प्रहरी हुँ भन्दै लागु औषध खल्तीमै हालेर फसाउन थालेका घटना र गुनासा बढ्न थालेपछि डिआईजी केसीको ध्यानाकर्षण गराएका छन ।
बेलौरीका मेयरको सचिवालयका अनुसार डिआईजी केसीलाई नेपालीमाथि भारतीय बजारमा भईरहेको फसाउने घटनाको रोक्न गम्भिर ध्यानाकर्षण गराईएको छ । मेयर चौधरीले राखेका विषयमा डिआईजी केसीले भारतीय समकक्षसंग छलफल गरेर अघि बढ्ने बताएका छन ।
Discussion about this post