केशब भट्ट/०२ बैशाख, कंचनपुर । कंचनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ६ ङ गाउँमा विपि स्मृति भवनको शिलान्यास गरिएको छ।
बुधबार सुदूरपश्चिम प्रदेश विधायन समितिका सभापती नेपाली कांग्रेसका नेता दिवान सिंह बिष्टले भवनको शिलान्यास गरेका हुन।
४० लाख रुपैयाँमा निर्माण हुनलागेको २ तले भवन यहि असार २५ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने बिपि स्मृति समाजका अध्यक्ष मान बहादुर रोकायले बताए ।
कंचनपुर क्षेत्र नम्बर १ मा पहिलो पटक विपि स्मृति भवन भन्न लागेको उनले बताए।
शिलन्यास कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख तोयनाथ शर्मा, क्षेत्रिय सभापती गोपि प्रसाद उपाध्याय लगायत नेपाली काङ्ग्रेस पार्टीका नेता, कार्यकर्ताको सहभागीता रहेको थियो ।
Discussion about this post