प्रेस सेन्टर कञ्चनपुरका तर्फबाट अध्यक्षमा अवस्थी र सचिवमा बिष्टको नेतृत्वमा चुनावमा सहभागि हुने

महेन्द्रनगर, जेठ २ । आशन्न २६ जेठमा हुने नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा प्रेस सेन्टर नेपालले तीनै पत्रकार महासंघ चुनावमा सहभागिता हुने जनाएको छ ।
प्रेस सेन्टर नेपाल कञ्चनपुर जिल्ला समन्वय समितिको बुधबार बसेको बैठकले आसन्न पत्रकार महासङ्घको निर्वाचनमा सक्रिय र उल्लेखनीय सहभागिता जनाउने बताएको छ । बुधबार महेन्द्रनगरमा बसेको प्रेस सेन्टर नेपाल कञ्चनपुरको बैठकले पत्रकार महासघ जिल्लाको निर्वाचनमा प्रेस सेन्टरका नेता राजेन्द्र प्रशाद अवस्थी नेतृत्वमा चुनावमा सहभागि हुने निर्णय गरेको प्रेस सेन्टर नेपाल कञ्चनपुरका सचिव भाष्कर केसीले जानकारी गराउनु भयो ।

बैठकले पत्रकार महासंघ शाखा कञ्चनपुरका हाल सचिवमा रहेका अवस्थीलाई अध्यक्षको उम्मेदवार र कञ्चनपुरका कृयाशिल पत्रकार मोहन बिष्टलाई सचिवको उम्मेदवारी बनाउने तयारीका साथ निर्णय गरेको छ ।
संगठनको एकल नेतृत्वमा तथा पत्रकार आबद्ध संघ संगठनहरूसँग सहकार्यमा चुनावी कार्यक्रममा सहभागी हुने गरी बैठकले निर्णय गरेको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष रामसिंह ठगुन्ना प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि ठगुन्नाले सम्पूर्ण प्रेस सेन्टरसँग आबद्ध तथा अन्य पत्रकार हरूलाई एकबद्ध र एकजुट भएर नयाँ नेतृत्व चयनका लागि आसन्न पत्रकार महासंघको चुनावमा सहभागी हुन अनुरोध गर्नुभयो ।

मंलबार महेन्द्रनगरमा भएको बैठकले जिल्ला अध्यक्षका लागि प्रेस सेन्टरका केन्द्रीय सचिव तथा पत्रकार महासङ्घ कञ्चनपुरका जिल्ला सचिव राजेन्द्र अवस्थलाई अध्यक्ष पदका लागि सर्वसहमतिले अघि सारेको छ भने महासङ्घको सचिव पदका लागि प्रेस सेन्टर प्रदेश कमिटीका सचिव मोहन बिष्टलाई अघि सारेको हो ।

बैठकले जेठ १३ गते अग्रज पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा कञ्चनपुर जिल्लामा विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । साथै बैठकले स्वास्थ्य उपचार गराइरहनुभएका प्रेस सेन्टरका नेता तथा कञ्चनपुर जिल्ल्लामा क्रियाशील पत्रकार दिल्लीराज पन्तको स्वास्थ्य लाभको कामना गरेको छ । सेन्टरका जिल्ला अध्यक्ष अरुण भट्टको अध्यक्षतामा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको थियो । बैठकले पत्रकार महासङ्घको जिल्लला, प्रदेश र केन्द्रीय कार्यसमितिमा आकांक्षी पदाधिकारीहरूको धारणा संकलन गर्दै पदाधिकारीहरूको छनोट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित