प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नयाँ दिल्ली पुगेका छन्।
आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली गएका हुन्।
प्रधानमन्त्री दाहाललाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए।
प्रधानमन्त्री दाहालसँगै कानुन मन्त्री पदम गिरी र दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन्।
भारतमा भाजपा सांसद मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन्।
Discussion about this post