कञ्चनपुर। मोहन बैद्य(किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटीले भीमदत्त नगरपालिकाको रबैया बिरुद्धमा संघर्षको चेतावनी दिएको छ । अतिक्रमण रोकेपछि पाटीको जिम्मेबार युवा संगठनले नगरविकास समितिमा लगाएको तालाको विषयमा छलफल नै नगरेर नविसका पदाधिकारीले प्रहरी लगाएर ताला तोडेको भन्दै यस्तो हर्कत नगर्न चेतावनी दिएको छ ।
क्रान्तिकारी कम्युनिष्ट पाटीका इन्चार्ज बिक्र्रान्त र संयोजक शितलले हस्ताक्षर गरेको विज्ञप्ती जस्ताको त्यस्तै यस्तो छ ।
हाम्रो पार्टी लामो समय देखी सामाजिक विकृति विसङ्गति, भ्रष्ट्राचार, राष्ट्रियता र समाजिक न्यायका पक्षमा निरन्तर संघर्षरत रहेको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा भीमदत्त नगर विकास समिति को जमिनमा बनेका अवैध संरचनाहरु भत्काउन सम्बन्धित निकायले सर्वोच्च अदालत र जेठ १८ गते बसेको प्रतिनिधि तथा प्रदेश सदस्यहरुले गरेको निर्णय को पनि अपहेलना हुने गरी पँहुचवाला अतिक्रमणकारीहरुका अवैध संरचना भत्काउन नजिक पुग्दा सम्बन्धित निकाय आफैमा त्रसित देखिएकोले हाम्रो पार्टीको साहयक संगठन क्रान्तिकारी युवा संगठन नेपालले अवैध संरचना भत्काउने कार्य रोकेको भनी नगर विकास समितिको कार्यालयमा अनिश्चितकालन तालाबन्दी गरेको थियो ।
नगर विकास समितिका भुमाफियाहरुका अवैध संरचना जोगाउन विभिन्न जालझेलहरु गरी युवाहरुले लगाएको ताला भीनपाका प्रवक्ता पदम अवस्थीले सत्ताको आडमा ठाडो निर्देशन दिएर ताला टुटाउन लगाएको बिषय प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
यस्ता हर्कतले द्वन्द्व श्रृजना गर्ने बाहेक अरू केही उपलब्धि हुने देखिदैन । नगर विकासको गलत कर्तुतका विरूद्ध निरन्तर संघर्ष गर्ने जिम्मेवार राजनितिक दल र उसको सहायक सगठनले लागएको ताला सम्बन्धित पक्षसंग छलफल नगरि ताला टोडनु निरंकुशताको सँकेत देखिन्छ । यो कदापि सहय हुदैन । तसर्थ हामी प्रवक्ता अवस्थीलाई चेतावनि दिन चाहन्छौ कि यस्ता हर्कतको सुधार होस अन्यथा हामी आवश्यक कार्वाहि गर्न बाध्य हुनेछौँ । यो सगसगै अवैध संरचनाहरु तत्काल भत्काउन हाम्रो पार्टी पुन जोडदार माग गर्दछ ।
Discussion about this post