बेलडाँडी । केहिदिन पहिला कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.३ कमरी टोलका १५ जनाको समूहमा गाई भैसी पालनका लागि प्रदेश भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान बाफत ४० लाख आएको थियो ।
४० लाखमा बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले कार्यक्रम आफुले मिलाई दिएको हो र १२ लाख मिलाए बाफत हाकिमलाई दिनुपर्ने र ४ लाख आफुलाई बहिनी सम्झेर दिनु होला भन्दै घुस मागेको आरोप किसानहरुले लगाएका बेला एमालेका नेता मोहन गिरीले आरोप सहिभएको स्वीकार गर्दै उनले भने उसले पापबोकीहालि १२ लाख पनि होइन ४ लाख पनि होइन चियापानी खर्च दिए मैले सल्ट्याइदिनु छु भन्ने अडियो यति बेला भाइरल भएको छ ।
गरिखाने सोझा जनजाति किसानलाई गल्ती दुबै पक्षबाट भएकै छ उसले तपाइको का गरिदियो उसले योजना मिलाउन देखि लिएर विभिन्न काम गरिदियो त्यसै बाफत मैले भने अनुसारको चियापानी खर्च उपाध्यक्ष नाथलाई दिए मैले सल्ट्याईदिने बताएका छन् ।
यसरी प्रतिपक्षमा रहेको एमालेले गतल गर्नेको संरक्षण गर्न खोजेको भन्दै स्थानीयद्धारा विरोध हुन थालेको छ ।
उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि जनजाती समुदायका सोझासाझा किसान आफुहरुलाई उपाध्यक्ष शान्ति नाथको जालमा पारेको बताउदै आएका थिए ।
बैंशाख २५ गते जिल्ला प्रदेशको टोली अनुगमनमा आउने बेला उपाध्यक्ष शान्ति नाथको डिजाईनमा भैंसी भाडमा ल्याएको सोझासाझा राना समुदायका कृषकले हिजो महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सो काुरा स्वीकार गरेका थिए ।
अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो भनेर तुरुन्त आफ्नो बुहारी नाता पर्नेको नाममा रानाको व्याक्तिगत १२ लाखको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालेको आरोप छ ।
सो विषयमा आफुलाई लागेको आरोप च्यात्न उपाध्यक्ष नाथले हिजो पत्रकार सम्मेलको आयोजना गरेका थिए तर सम्मेलन बाट भाग्दा सम्मेलन हास्यास्पद बनेको थियो ।
Discussion about this post