कमिसन माग्ने बेलडाँडी उपाध्यक्ष शान्ति नाथलाई पालिका प्रवेश निशेध, आज उपाध्यक्ष कार्यकक्ष लक्षित मात्र कार्यक्रम गरिदै

बेलडाँडी । बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले पद र शत्तिको दुरुपयोग गर्दै विभिन्न आर्थिक मुखीमात्र क्रियाकलाप गरेको भन्दै बेलडाँडीका क्रियाशिल राजनितिक दल, स्थानीयबासिन्दा लगायतले चर्को विरोध आन्दोलनमा हुमिएका छन् ।

आज उपाध्यक्ष नाथ विरुद्धको आन्दोलन उपाध्यक्ष कार्यकक्ष लक्षित हुने नेकपा एमाले बलडाँडीका सचिव शंकर दत्त भट्टले जनाकारी गराउनु भयो । उहाँका अनुसार आर्थिक बर्षको मुखैमा भ्रष्टचारको कृयाकलाप बढेको जनाउदै आन्दोलन गर्न बाध्य भएको बताए । उहाँले भने आज अन्य कार्यालयलाई कुनै असर नपर्नेगरी दोषीमाथी कार्वाही नहुन्जेल सम्म चरण बद्ध आन्दोलन गर्दै उपाध्यक्ष नाथलाई च्याम्बर निशेध गरेको बताए ।

उपाध्यक्ष नाथले सत्तामा पुगे देखि अहिले सम्म पैसामुखी बाहेक अन्य कुनै राम्रो कामै नगरेको कर्मचारी श्रोतले जनाएको छ । उनले टिएडिए भत्ता खानका लागि दैनिक फारम पेश गर्ने र कतिपय पहिलेपनि लेखा शाखाबाट उनले पेश गरेका फाईल फालिएका थिए ।

गाडी दुरुपयोग, दोहोरो सुविधा, कम्वल वितरण देखि, राहत वितरण हुदा समेत कागजी प्रक्रिया पछि मिलाएको, नियम विपरित भत्ता खाने सुदूरकै नं।१ जनप्रतिनिधी, आफुलाई तेल बाढ्ने अधिकार भएको कुरा, पद र शत्तिको दुरुपयोग गर्दै सडकमा घर पास गरी बैंकलाई झुक्याएर ठुलो लोन लिएको कुरा, अनुगमन समितिकी संयोजक भएर ३ लाख आफ्रनो नाममा विद्यालयलाई काट्न लगाए अख्तियारमा मुद्धा परेपछि १बर्ष पछि विद्यालयको पैसा फिर्ता गरेको कुरा लगायत विभिन्न आर्थिक मुखी क्रियाकलाप मात्र गरेको देख्दा स्थानीय देखि नेता कार्यकर्ता समेत हैरान भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित